जिल्लाकै ठुलो हाइड्रोपावरको विद्युत उत्पादन सुरु

Published on

काठमाडौँ । करिब एक महिनादेखि बन्द रहेको जिल्लाकै ठुलो हाइड्रोपावरको विद्युत उत्पादन सुरु भएको छ । गत फागुन २८ गतेबाट उत्पादन ठप्प भएको सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडको विद्युत गएराति (शुक्रबार राति) १ बजेदेखि उत्पादन सुरु भएको हो । ७३ मेगावट क्षमताको हाइड्रोपावरमा हाल २४ मेगावट मात्रै विद्युत उत्पादन भइरहेको जनसम्पर्क अधिकृत करण गौतमले जानकारी दिनुभयो । सुक्खायामको समयमा नदीमा पानीको मात्रा कम भएकाले २४ मेगावट मात्रै विद्युत उत्पादन भइरहको उहाँको भनाइ छ । आयोजनाको ड्यामसाइट तथा विद्युत गृहको उपकरणको मर्मत कार्य सम्पन्न हुन साथ गएरातिदेखि नै विद्युत उत्पादनको कार्य सुरु गरिएको गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार मर्मतको कार्य चाँडै सम्पन्न गर्न २४ सै घण्टा जनशक्ति परिचालन गरिएको थियो । करिब एक वर्ष अगाडिदेखि उत्पादन सुरु गरेको आयोजनाको विद्युत कोशी करिडोर प्रसारण लाइनमा जडान गरिएको छ ।

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ...

औषधीय गुण भएको महुवा सङ्कलन

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले...

कर्णालीको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।...

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको...