जिल्लाकै ठुलो हाइड्रोपावरको विद्युत उत्पादन सुरु

Published on

काठमाडौँ । करिब एक महिनादेखि बन्द रहेको जिल्लाकै ठुलो हाइड्रोपावरको विद्युत उत्पादन सुरु भएको छ । गत फागुन २८ गतेबाट उत्पादन ठप्प भएको सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडको विद्युत गएराति (शुक्रबार राति) १ बजेदेखि उत्पादन सुरु भएको हो । ७३ मेगावट क्षमताको हाइड्रोपावरमा हाल २४ मेगावट मात्रै विद्युत उत्पादन भइरहेको जनसम्पर्क अधिकृत करण गौतमले जानकारी दिनुभयो । सुक्खायामको समयमा नदीमा पानीको मात्रा कम भएकाले २४ मेगावट मात्रै विद्युत उत्पादन भइरहको उहाँको भनाइ छ । आयोजनाको ड्यामसाइट तथा विद्युत गृहको उपकरणको मर्मत कार्य सम्पन्न हुन साथ गएरातिदेखि नै विद्युत उत्पादनको कार्य सुरु गरिएको गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार मर्मतको कार्य चाँडै सम्पन्न गर्न २४ सै घण्टा जनशक्ति परिचालन गरिएको थियो । करिब एक वर्ष अगाडिदेखि उत्पादन सुरु गरेको आयोजनाको विद्युत कोशी करिडोर प्रसारण लाइनमा जडान गरिएको छ ।

spot_img

ताजा समाचार

बृहत् पाशुपत पदयात्रा हुने

काठमाडौं । पशुपतिथानलाई केन्द्रमा पारेर धार्मिक पर्यटनलाई समेत टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा...

निर्वाचनपछि कांग्रेसको पहिलो बैठक : समानुपातिक सांसद छान्न छलफल हुँदै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । गत फागुन २१...

राष्ट्रिय लिग फुटबल : काँक्रेबिहारमाथि जावलाखेलको सानदार जित

काठमाडौं । जावलाखेल युथ क्लबले एन्फा राष्ट्रिय लिग फुटबलमा काँक्रेबिहार क्लबमाथि सानदार जित निकालेको...

‘निर्वाचन सम्पन्न भयो, अब मुलुकले निकास पाउँछ’

काठमाडौं । अर्को कुरा, सानैदेखि मलाई ‘सहनुपर्छ, आत्तिनु हुँदैन’ भनेर सिकाइएको थियो । मलाई...