समाज रुपान्तरणमा गीत शक्तिशाली : सञ्चारमन्त्री गुरुङ

Published on

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाज रुपान्तरणमा गीत सङ्गीत शक्तिशाली हुने बताउनुभएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा पोखरामा आयोजित लोक गायक पुरुषोत्तम न्यौपाने एकल साँझको शुक्रबार पोखरामा उद्घाटन गर्नुहुँदै गण्डकी प्रदेश लोक संस्कृतिको मुख्य थलो भएको बताउनुभयो । “समृद्धि र विकासले मात्र खुसी मिल्दैन,” उहाँले भन्नुभयो, “व्यक्तिलाई सुखी बनाउन गीत सङ्गीत आवश्यक पर्दछ र यसमा लोक गीत अझ सशक्त छ ।” गण्डकी प्रदेशले धेरै लोक श्रष्टा जन्माएको बताउँदै गुरुङले सहित्य, कला र संगीतको उर्वर भूमि भएको बताउनुभयो । “गीत गाउन, नाच्न र रमाउने वातारण लोकतन्त्रका कारण सम्भव भएको हो”, उहाँले भन्नुभयो, “गणतन्त्रको विकल्प अरु कुनै तन्त्र हुनसक्दैन ।” सरकारका प्रवक्तासमेत रहनुभएका गुरुङले गणतन्त्रको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा गीत सङ्गीतले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । सव्य समाज निर्माण गर्न गीतरसङ्गीत शसक्त माध्यम भएको उहाँको भनाइ छ । सव्य समाज निर्माण भएमा मात्र वास्तविक खुसी मिल्ने उहाँले बताउनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...