समाज रुपान्तरणमा गीत शक्तिशाली : सञ्चारमन्त्री गुरुङ

Published on

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाज रुपान्तरणमा गीत सङ्गीत शक्तिशाली हुने बताउनुभएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा पोखरामा आयोजित लोक गायक पुरुषोत्तम न्यौपाने एकल साँझको शुक्रबार पोखरामा उद्घाटन गर्नुहुँदै गण्डकी प्रदेश लोक संस्कृतिको मुख्य थलो भएको बताउनुभयो । “समृद्धि र विकासले मात्र खुसी मिल्दैन,” उहाँले भन्नुभयो, “व्यक्तिलाई सुखी बनाउन गीत सङ्गीत आवश्यक पर्दछ र यसमा लोक गीत अझ सशक्त छ ।” गण्डकी प्रदेशले धेरै लोक श्रष्टा जन्माएको बताउँदै गुरुङले सहित्य, कला र संगीतको उर्वर भूमि भएको बताउनुभयो । “गीत गाउन, नाच्न र रमाउने वातारण लोकतन्त्रका कारण सम्भव भएको हो”, उहाँले भन्नुभयो, “गणतन्त्रको विकल्प अरु कुनै तन्त्र हुनसक्दैन ।” सरकारका प्रवक्तासमेत रहनुभएका गुरुङले गणतन्त्रको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा गीत सङ्गीतले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । सव्य समाज निर्माण गर्न गीतरसङ्गीत शसक्त माध्यम भएको उहाँको भनाइ छ । सव्य समाज निर्माण भएमा मात्र वास्तविक खुसी मिल्ने उहाँले बताउनुभयो ।

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ...

औषधीय गुण भएको महुवा सङ्कलन

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले...

कर्णालीको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।...

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको...