जयगढबजार आगलागी : पीडितलाई ५० लाख सहयोग गर्ने प्रदेश सरकारको निर्णय

Published on

काठमाडौँ । अछामको बान्नीगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा मङ्गलबार बेलुकी भएको आगलागीबाट पीडित भएकाहरुलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल आर्थिक सहयोग गर्ने भएको छ । बुधबार बिहान बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले अछामका आगलागी पीडितलाई तत्कालका लागि ५० लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको हो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अछाममा आगलागीबाट पीडित भएका परिवार तथा व्यवसायीलाई प्रारम्भीक चरणमा ५० लाख रुपियाँ सहयोग गर्ने निर्णय भएको जानकारि दिनुभयो । जयगढ बजारका घरमा राखेको ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा बजारमा सात करोड ५४ लाखभन्दा बढी क्षति भएको प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्नुहुँदै मुख्यमन्त्री शाहले भन्नुभयो, “मङ्गलबार बेलुकी जयगढ बजारमा भएको आगलागीबाट क्षति पुगेको परिवार तथा व्यवसायीलाई मानवीय सहायता स्वरुप तत्कालका लागि ५० लाख रुपियाँ बान्नीगढी जयगढ गाउँपालिकामार्फत् उपलब्ध गराउने निर्णय भएको छ । सम्बन्धित पालिकाले स्पष्ट मापदण्ड तयार पारेर उक्त मानवीय सहायता रकम वितरण गर्ने गरी ५० लाख रुपियाँ उपलब्ध गराउने निर्णय भएको हो । यसका साथै प्रारम्भीक रिपोर्टको पूर्ण विवरण प्राप्त भएपछि थप सहयोग गर्ने निर्णय गरेका छौ ।” प्रदेश सरकारले त्यहाँको स्थलगत अवस्था वुझ्नका लागि सामाजिक विकास मन्त्री मेघराज खण्का र आन्तरिक मामिला मन्त्री हिरा शार्कीलाई राहात सामग्रीसहित जयगढ पठाउने निर्णय समेत गरको जानकारी दिएको छ । आगलागीबाट भएको क्षतिका सम्बन्धमा स्थानीय पालिकादेखि सङ्घीय सरकारसम्मलाई राहात, पुनर्निर्माणमा सहयोगको अपिल समेत मुख्यमन्त्री शाहले गर्नुभएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय र मंगलसेन नगरपालिकाको दमकलको प्रयासपछि लामो समय लगाएर आगलागी नियन्त्रणमा लिइएको थियो ।

spot_img

ताजा समाचार

पृथ्वीराजमार्ग विस्तार : मौरीबासमा कालोपत्र भएसँगै यात्रा सहज

काठमाडौं । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक स्तरोन्नतिअन्तर्गत पश्चिम खण्डमा भौतिक प्रगतिले उल्लेख्य फड्को मारेको छ...

पुस्तौदेखि सडक सञ्जालबाट वञ्चित हुँदै गुम्बाबासी

काठमाडौं । जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने गुम्बाबासी लामो समयदेखि सडक सञ्जालको पहुँचबाट बञ्चित हुँदैआएका...

अवैध रूपमा सामुदायिक वनको माटो बिक्री

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका २ मा रहेको दुर्गालक्ष्मी महिला सामुदायिक वन उपभोक्ता समितिले...

मुस्ताङमा स्याउ बगैँचा व्यवस्थापन गर्न सुरु

काठमाडौं । यहाँका घरपझोङ, थासाङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका किसान यतिबेला स्याउ बगैँचा व्यवस्थापनमा...