ऊर्जा क्षेत्रको विकासबाट नै मुलुक समृद्ध बन्छः ऊर्जामन्त्री खड्का

Published on

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको विकासले मुलुक समृद्ध बन्ने बताउनुभएको छ । बुधबार सान्जेन खोला हाइड्रोपावर परियोजनाको शुभारम्भ गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले १० वर्ष भित्रमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले कामहरू अघि बढाइरहेको बताउनुभयो । उहाँले दुई ठुला छिमेकी देशहरूसँग काँधमा काँध जोडेर अघि बढ्दै नेपालको ऊर्जा क्षेत्रको विकास गर्ने भनाइ व्यक्त गर्नुभयो । मन्त्री खड्काले पछिल्लो समय जलविद्युत् क्षेत्रमा स्वदेशी तथा विदेशी सहयोग बढिरहेको भन्दै खुसी प्रकट गर्नुभयो । विद्युत् क्षेत्रमा लगानी गरेर मात्रै आर्थिक समृद्धि आउँछ भन्ने महसुस गरेर सबैले लगानी बढाइरहेको बताउनुभयो । उहाँले अहिले ऊर्जा क्षेत्रले छिमेकीहरूको बिचमा सम्बन्ध प्रगाढ बनाएको जिकिर गर्नुभयो । १० वर्ष भित्रमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य रहे पनि जलस्रोतको भरपूर प्रयोग गर्न नेपालले चाहेको बताउनुभयो ।

‘‘ऊर्जा क्षेत्रको विकासले मुलुकको समृद्धि हुनसक्छ भन्ने विश्वासका साथ अहिले १० वर्ष भित्रमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राख्दै गर्दा हाम्रा छिमेकी मित्रहरु चीन, भारत जस्ता देशहरूले दुई ठुला मुलुकहरू हुन, आर्थिक हिसाबले सम्पन्न मुलुकहरूले हामीलाई पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गर्न चाहन्छु । हामी सँगसँगै यहाँहरूसँग हिँड्न चाहन्छौँ ।,’’ मन्त्री खड्काले भन्नुभयो, ‘‘दुई वटा छिमेकी मुलुकभन्दा पर नबसिकन कदममा कदम मिलाएर हिँड्न नेपाल चाहन्छ । १० वर्ष पहिला यस क्षेत्रमा धेरै लगानी गर्न इच्छुक नहुने परिस्थित थियो । वित्तीय क्षेत्रहरू पनि आँट गरेर अघि बढ्न नसकेको स्थिति थियो । १० वर्ष यता अत्यन्त ठुलो शाहसका साथ यस क्षेत्रको विकासले मात्रै आर्थिक समृद्धि आउँछ भन्ने कुरा सबैले महशुस गरेर ठुला लगानी यस क्षेत्रमा आउन थालेका छन् । छिमेकी राष्ट्रहरूको पनि सहयोग मिल्न थालेको छ, यो गर्वको विषय हो ।’’ मन्त्री खड्काले नागरिकको घरमा लोडसेडिङ नहुने बताउनुभयो । विद्युत प्राधिकरणको आर्थिक अवस्था त्यत्ति राम्रो नरहेको भए पनि प्रचुर मात्रामा सुधार गर्नसक्ने ठाउँहरु रहेको बताउनुभयो । एशियाकै उत्कृष्ट दक्ष इन्जिनियर विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक रहेको भन्दै आर्थिक सुशासन कायम गरेर लोडसेडिङ हुन नदिनकन जलविद्युत् क्षेत्रको विकास गर्ने विश्वास व्यक्त गर्नुभयो ।

spot_img

ताजा समाचार

पृथ्वीराजमार्ग विस्तार : मौरीबासमा कालोपत्र भएसँगै यात्रा सहज

काठमाडौं । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक स्तरोन्नतिअन्तर्गत पश्चिम खण्डमा भौतिक प्रगतिले उल्लेख्य फड्को मारेको छ...

पुस्तौदेखि सडक सञ्जालबाट वञ्चित हुँदै गुम्बाबासी

काठमाडौं । जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने गुम्बाबासी लामो समयदेखि सडक सञ्जालको पहुँचबाट बञ्चित हुँदैआएका...

अवैध रूपमा सामुदायिक वनको माटो बिक्री

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका २ मा रहेको दुर्गालक्ष्मी महिला सामुदायिक वन उपभोक्ता समितिले...

मुस्ताङमा स्याउ बगैँचा व्यवस्थापन गर्न सुरु

काठमाडौं । यहाँका घरपझोङ, थासाङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका किसान यतिबेला स्याउ बगैँचा व्यवस्थापनमा...