सडक निर्माणको माग गर्दै कर्णाली पुलमा सुतेर अनशन गर्दै भण्डारी

Published on

काठमाडौँ । चिसापानी–कुइने सडक निर्माणको माग गर्दै कैलालीका एक युवाले चिसापानी पुलमा अनशन थाल्नु भएको छ । स्थानीय नेत्र भण्डारीले पुलमाथि सुतेर अनशन थाल्नु भएको हो । दुई वर्ष अगाडि नै ठेक्का सम्झौता भएको यो सडक निर्माणमा ढिलाइ भइरहेको छ । मन्त्रिपरिषद्ले निर्णय गरिसके पनि वन विभागले रुख कटानको आदेश नदिएपछि सडक निर्माणको काम अगाडि बढ्न सकेको छैन । आउँदो असारमा ठेक्काको समायवधि सकिँदै छ ।

७.२ किलोमिटरमा कालोपत्रे सडक निर्माणका लागि २०७९ साउन ३ गते ठेक्का भएको थियो । तर रुख कटानको आदेश नआउँदा काम अगाडि बढ्न नसकेको सडक डिभिजन कार्यालयका साइट इन्जिनियर चित्र चौलागाईको भनाइ छ । सडक कालोपत्रे गर्ने खण्डमा ४७२ वटा रुख छन् । १२ करोड ८० लाख रुपियाँमा दिव्यज्योती–शाही जेभीले सडक निर्माणको ठेक्का पाएको छ । मन्त्रिपरिषद्ले रुख कटान आदेशका लागि निर्णय गरिसक्दासम्म वन विभागले अटेर गरेर विकासको काम रोकिरहेको अनशन थाल्नु भएका युवा भण्डारीको आरोप छ । रुख कटानको आदेश आउने वित्तिकै आन्दोलन रोक्ने उहाँको भनाइ छ । सरकारको विकास निर्माणमा सघाउ पुर्‍याउन आफ्नो अनशन रहेको भण्डारीले उल्लेख गर्नुभयो ।

spot_img

ताजा समाचार

तनहुँमा क्षयरोगी पत्ता लगाउन चुनौती

काठमाडौं । तनहुँ जिल्लामा क्षयरोगका बिरामी पत्ता लगाउनु मुख्य चुनौती बनेको पाइएको छ ।...

आमाको नामबाट तीन हजारले लिए नागरिकता

नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएपछि आमाको नामबाट नागरिकता लिनेको सङ्ख्यामा उल्लेख्य...

शङ्करबेली सिमसारमा दैनिक हजारौँ पर्यटक

काठमाडौं । यहाँको रामधुनी नगरपालिका–६, शङ्करबेली सिमसार पछिल्ला समय आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकास...

भिरबाट लडेर बालिकाको मृत्यु

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, चुत्राघारीडाँडामा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ। इन्द्रसरोवर-३,...