बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

Published on

काठमाडौँ । यही वैशाख ६ र ७ गते महोत्तरी जिल्लामा भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रम रहेकोले कुनै बालबालिका नछुट्ने गरि सहयोग गरिदिन स्वास्थ्य कार्यालय महोत्तरीले अनुरोध गरेको छ । पोषण विशेष र राष्ट्रिय भिटामिन ए कार्यक्रम सम्बन्धी सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालयले सञ्चारकर्मीहरुलाई सबै बालबालिकालाई भिटामिन ए कार्यक्रममा सहभागीताको लागि सहयोग गरिदिन हुन अनुरोध गरेको छ । कार्यालयका पोषण कार्यक्रमका फोकल पर्सन प्रतिभा सिंहले ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुका दुवैको औषधी निःशुल्क खुवाइने कार्यक्रम रहेकोले बढी भन्दा बढी प्रचारप्रसार गरि सहयोग गरिदिन आग्रह गर्नुभयो । उहाँले भिटामिन ए, जुकाको औषधीसँगै वालभिटा वितरण तथा पोषण सम्बन्धी चेकजाँच समेत गरिने जानकारी दिनुभयो ।

उहाँले वर्षमा दुई पटक अभियानको रुपमा सञ्चालित हुँदै आएको यो कार्यक्रम यही वैशाखको ६ र ७ गते जिल्लाको सम्पूर्ण पालिकामा हुने भएकोले कुनै बालबालिका नछुट्न भनेर प्रचारप्रसार र सहयोग गरिदिन अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । महोत्तरी जिल्लामा ५१ हजार ४७७ बालबालिकाहरुलाई यस अभियान अन्तर्गत औषधी खुवाउने लक्ष्य राखिएको जानकारी दिनुहुदै उहाँले हरेक पालिकाको वडाहरुमा रहेको टोल टोलमा स्वंयसेविकाहरु मार्फत आ–आफ्नो बालबालिकालाई औषधी खुवाउन अभिभावकहरुलाई आग्रह गर्नुभयो । आँखालाई स्वस्थ राख्ने, बालबालिकाको वृद्धि विकास गर्ने कार्यमा भिटामिन एको महत्वपूर्ण भूमिका रहने गरेको छ ।

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...