बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

Published on

काठमाडौँ । यही वैशाख ६ र ७ गते महोत्तरी जिल्लामा भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रम रहेकोले कुनै बालबालिका नछुट्ने गरि सहयोग गरिदिन स्वास्थ्य कार्यालय महोत्तरीले अनुरोध गरेको छ । पोषण विशेष र राष्ट्रिय भिटामिन ए कार्यक्रम सम्बन्धी सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालयले सञ्चारकर्मीहरुलाई सबै बालबालिकालाई भिटामिन ए कार्यक्रममा सहभागीताको लागि सहयोग गरिदिन हुन अनुरोध गरेको छ । कार्यालयका पोषण कार्यक्रमका फोकल पर्सन प्रतिभा सिंहले ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुका दुवैको औषधी निःशुल्क खुवाइने कार्यक्रम रहेकोले बढी भन्दा बढी प्रचारप्रसार गरि सहयोग गरिदिन आग्रह गर्नुभयो । उहाँले भिटामिन ए, जुकाको औषधीसँगै वालभिटा वितरण तथा पोषण सम्बन्धी चेकजाँच समेत गरिने जानकारी दिनुभयो ।

उहाँले वर्षमा दुई पटक अभियानको रुपमा सञ्चालित हुँदै आएको यो कार्यक्रम यही वैशाखको ६ र ७ गते जिल्लाको सम्पूर्ण पालिकामा हुने भएकोले कुनै बालबालिका नछुट्न भनेर प्रचारप्रसार र सहयोग गरिदिन अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । महोत्तरी जिल्लामा ५१ हजार ४७७ बालबालिकाहरुलाई यस अभियान अन्तर्गत औषधी खुवाउने लक्ष्य राखिएको जानकारी दिनुहुदै उहाँले हरेक पालिकाको वडाहरुमा रहेको टोल टोलमा स्वंयसेविकाहरु मार्फत आ–आफ्नो बालबालिकालाई औषधी खुवाउन अभिभावकहरुलाई आग्रह गर्नुभयो । आँखालाई स्वस्थ राख्ने, बालबालिकाको वृद्धि विकास गर्ने कार्यमा भिटामिन एको महत्वपूर्ण भूमिका रहने गरेको छ ।

spot_img

ताजा समाचार

प्रधानमन्त्री कार्कीसँग प्रहरी महानिरीक्षक खापुङको बिदाइ भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले आज बिदाइ भेट...

फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्योे

काठमाडौं । फिलिपिन्समा हालै आएको दुई वटा शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९...

भ्रष्टाचारको आरोपमा श्रीलङ्काका पूर्व मन्त्री पक्राउ

काठमाडौं । श्रीलङ्काका पुर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रसन्ना रणतुङ्गालाई घूसखोरी तथा भ्रष्टाचारको...

दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला हुने

काठमाडौं । दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला आगामी मङ्सिर ७ गतेबाट हुने...