दीपेन्द्रको कीर्तिमानसहित नेपालको दोस्रो जित

Published on

काठमाडौँ । अलराउन्डर दीपेन्द्रसिंह ऐरीको कीर्तिमानसहित नेपालले हङ्कङमा जारी चारदेशीय टी–२० आई सिरिजमा दोस्रो जित निकालेको छ । हङकङको मिसन रोड क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले हरायो । यसअघि नेपालले पहिलो खेलमा कतारलाई आठ विकेटले पराजित गरेको थियो । जितसँगै नेपालले दुई खेलबाट चार अङ्क बनाएको छ । जितका लागि कुवेतले दिएको एक सय ८६ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । यो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पूरा गरेको सबैभन्दा ठुलो लक्ष्य हो । यसअघि नेपालले मलेसियाविरुद्ध एक सय ६६ रनको लक्ष्य पूरा गरेको थियो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ८१ रन बनाउनुभयो । उहाँले ५० बलमा ६ चौका र ६ छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै आसिफ शेखले ५३ रन बनाउनुभयो ।

उहाँले ३८ बलमा चार छक्का र दुई चौक हान्नुभएको थियो । दीपेन्द्रसिंह ऐरीले ३१ रन बनाउनुभयो । बलिङमा कुवेतका यासिन पटेलले दुई तथा मोहम्मद सफिक र कप्तान मोहम्मद अस्लामले एक एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ८५ रनको चुनौतीपूर्ण लक्ष्य खडा गरेको थियो । कुवेतका लागि क्लिन्टो एन्टोले सर्वाधिक ४१ रन बनाउनुभयो । यस्तै मित भवसरले ३५, बिलाल ताहिरले ३२, रविजा सन्दारुवानले २६, मोहम्मद अस्लामले अविजित १७ र उस्मान पटेलले १३ रन बनाउनुभया । बलिङमा नेपालका सोमपाल कामीले तीन विकेट लिनुभयो । नन्दन यादवले दुई तथा ललितनारायण राजवंशी र कुशल भुर्लेलले समान एक विकेट झार्नुभयो ।

यस खेलमा नेपालका दीपेन्द्रसिंह ऐरीले अर्को विश्व कीर्तिमान कायम गर्नुभएको छ । कुवेतविरुद्ध उहाँले सबैभन्दा धेरै इनिङ डकआउट नहुने खेलाडीको कीर्तिमान बनाउनुभएको हो । उहाँ अन्तर्राष्ट्रियमा लगातार ६६ इनिङ्समा डकआउट हुनुभएको छैन । यसअघि यो कीर्तिमान वेस्ट इन्डजका मार्लोन नथालिएल स्यामुएल्सको नाममा लगातार ६५ खेलमा डकआउट थियो । दीपेन्द्रसिंहको नाममा सबैभन्दा कम बलमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान पनि छ । उहाँले मङ्गोलियाविरुद्ध ९ बलमा अर्धशतक प्रहार गर्नुभएको थियो । चार टोलीसम्मिलित यस सिरिजको अन्तिम खेल नेपालले शनिबार हङकङसँग खेल्ने छ । लिग चरणको शीर्ष दुई टोलीबिच फाइनल भिडन्त हुने छ । अन्तिममा दुई टोलीले तेस्रो स्थानका लागि खेल्ने छन् ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...