‘शिक्षा र स्वास्थ्य क्षेत्र फाइदा दिने ठाउँ होइन’

Published on

काठमाडौँ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. अन्जनी कुमार झाले शिक्षा र स्वास्थ्य क्षेत्र फाइदा दिने ठाउँ नभएको बताउनुभएको छ । नेपालमा स्वास्थ्य अनुसन्धान परिषद्को राष्ट्रिय स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको ११ औँ शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । शिक्षा र स्वास्थ्य क्षेत्र फाइदा दिने ठाउँ नभएकाले स्वास्थ्य र शिक्षाका संस्था खोलेर नेतृत्व बसेकाहरूलाई धेरै फाइदा लिन नखोज्न उहाँले आग्रह गर्नुभएको हो । डा. झाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छात्रवृतिमा पढेका स्वास्थ्यकर्मीलाई योग्यता अनुसारको काम दिन नसकेको गुनासो गर्नुभएको थियो

छात्रवृतिका लागि सरकारले छ अर्ब रुपियाँ खर्च गरेर योग्य जनशक्ति उत्पादन गरेपनि विज्ञता अनुसार उहाँहरूले काम नपाउनु दुःखद भएको डा. झाको भनाइ छ । उहाँले भन्नुभयो, “छात्रवृतिमा योग्य जनशक्ति उत्पादन गर्न थालेपछी जनशक्ति अपुग भएको गुनासो सुन्नमा आएको छैन । उत्पादन भएका जनशक्तिले योग्यता अनुसार काम पाएनौँ, आवश्यक उपकरण, औषधी पाएनौँ भनेर गुनासो सुनाउने गर्नुभएको छ ।” अब स्वास्थ्य मन्त्रालयको नेतृत्वले योग्य जनशक्तिको व्यवस्थापन कहाँ कसरी गर्ने भन्ने विषयमा ध्यान दिनुपर्ने बेला आएको उहाँको ठहर छ । सोही क्रममा उहाँले हाम्रो देशमा काम कम गर्ने र मुद्दा बढी हाल्ने चलन बढ्दै गएको जिकिर गर्नुभयो । उहाँ भन्नुहुन्छ, “आजभोलीको जे गरेपनि मुद्दा हाल्ने स्कुलिङनको विकास भएको छ । कोही सिट चाहियो भनेर मुद्दा हाल्छन् । कोही सिटभन्दा बढी भयो भनेर जान्छन्, कोही सिट कम भयो भनेर मुद्दा हाल्छन् । कोही छात्रवृत्तिमा नाम निस्केन भनेर मुद्दा हाल्छन् । बिहान उठ्दा मुद्दा सम्झिएर उराठ लाग्छ ।”

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा।विकास देवकोटाले मावन स्रोतको व्यवस्थापन कसरी गर्ने विषयमा काम गर्न जरुरी भएको बताउनुभयो । उहाँले जनशक्ति उत्पादन एक किसिमले भएको र स्वास्थ्यलाई चाहिने जनशक्ति अर्को किसिमको भइरहेकोले जनशक्तिको व्यवस्थापन हुन नसकेको जिकिर गर्नुभयो । उहाँले शिक्षामा २० प्रतिशत र स्वास्थ्यमा १० प्रतिशत बजेट आवश्यक पर्छ भनेर भन्दै आए पनि अहिलेसम्म उक्त बजेट प्राप्त नभएकाले अब आवश्यक बजेट प्राप्त गर्ने गरी काम गर्न जरुरत भएको उहाँले बताउनुभयो । सोही क्रममा आयोगका उपाध्यक्ष डा।झाले स्वास्थ्य मन्त्रालयलाई कस्तो खालको जनशक्ति चाहिएको हो, आयोग सोही किसिमका जनशक्ति उत्पादन गर्न तयार भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आयोगले १५ वटा बिदामा जाँच लिएर पढाउँदै आएको छ । पढेर पास गरिसकेपछि योग्य जनशक्तिलाई कहाँ राख्ने, कहाँ पठाउँने स्वास्थ्य मन्त्रालयको अधिकार भित्र पर्छ ।”

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...