केपी ओली कप क्रिकेट : गण्डकी हिरोज सेमिफाइनलमा

Published on

काठमाडौँ । पोखरामा जारी दोस्रो केपी ओली कप टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको समूह ‘बी’ बाट गण्डकी हिरोज सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतिकुल मौसमका कारण खेल रोकिदाँ गण्डकी रनरेटमा अघि बढेको हो । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको छैटौँ दिन बिहीबार समूहको अन्तिम खेल वर्षाका कारण स्थगित भएको थियो । खेल हुन नसकेपछि रनरेटको आधारमा हिमालयन क्रिकेट एकेडेमीलाई पछि पार्दै गण्डकी हिरोज शिर्षस्थानमा रह्यो । दुवै टोलीको समान पाँच पाँच अङ्क भए पनि गण्डकीले रनरेटको आधारमा बाजी मारेको हो । गण्डकीको रनरेट १.४३४६ रहँदा हिमालयनको ०.८१५८ रह्यो ।

समूह ‘ए’ बाट यसअघि शीर्षस्थानमा रहँदै सिइसी काठमाडौँ सेमीफाइनलमा प्रवेश गरेको थियो । काठमाडौँले आफ्नो तीन खेलमा जित निकाल्दै ६ अङ्क बनायो । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा जारी प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाखका रुपियाँ पुरस्कार पाउने छन् । यस्तै म्यान अफ दी सिरिजलाई ३० हजार, बेष्ट बलर, बेस्ट ब्याटरलाई जनही १० हजार तथा म्यान अफ दी म्याचलाई पाँच हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...