केपी ओली कप क्रिकेट : गण्डकी हिरोज सेमिफाइनलमा

Published on

काठमाडौँ । पोखरामा जारी दोस्रो केपी ओली कप टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको समूह ‘बी’ बाट गण्डकी हिरोज सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतिकुल मौसमका कारण खेल रोकिदाँ गण्डकी रनरेटमा अघि बढेको हो । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको छैटौँ दिन बिहीबार समूहको अन्तिम खेल वर्षाका कारण स्थगित भएको थियो । खेल हुन नसकेपछि रनरेटको आधारमा हिमालयन क्रिकेट एकेडेमीलाई पछि पार्दै गण्डकी हिरोज शिर्षस्थानमा रह्यो । दुवै टोलीको समान पाँच पाँच अङ्क भए पनि गण्डकीले रनरेटको आधारमा बाजी मारेको हो । गण्डकीको रनरेट १.४३४६ रहँदा हिमालयनको ०.८१५८ रह्यो ।

समूह ‘ए’ बाट यसअघि शीर्षस्थानमा रहँदै सिइसी काठमाडौँ सेमीफाइनलमा प्रवेश गरेको थियो । काठमाडौँले आफ्नो तीन खेलमा जित निकाल्दै ६ अङ्क बनायो । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा जारी प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाखका रुपियाँ पुरस्कार पाउने छन् । यस्तै म्यान अफ दी सिरिजलाई ३० हजार, बेष्ट बलर, बेस्ट ब्याटरलाई जनही १० हजार तथा म्यान अफ दी म्याचलाई पाँच हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ...

औषधीय गुण भएको महुवा सङ्कलन

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले...

कर्णालीको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।...

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको...