सुदूरपश्चिम प्रदेशमा लगानी तथा विकास सम्मेलनको तयारी तीव्र

Published on

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्ने लगानी तथा विकास सम्मेलनको तयारीका लागि सबै समितिले कार्यतालिका बनाइ आ–आफ्नो कार्य सम्पादन गर्ने निर्णय गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको आयोजनामा आज बसेको मूल आयोजक समितिको बैठकले सबै समितिले कार्यतालिका बनाइ आ–आफ्नो कार्य सम्पादन गर्ने निर्णय गरेको हो । बैठकले संघ र प्रदेशका मन्त्रालय, निकायहरु तथा स्थानीय तहहरुसंगको समन्वय र सहयोगमा थप गृहकार्य र सम्मेलन तयारीका सबै कार्यहरु कार्यकारी समितिले गर्ने निर्णय गरेको छ ।

यसैगरी, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका विकास साझेदार, लगानीकर्ता, स्थानीय उद्योगी व्यवसायीको व्यापक परामर्श र सहभागिता सुनिश्चित गरी सुदूरपश्चिम प्रदेश लगानी तथा विकास पूर्व सम्मेलन बैठक आयोजना गर्ने निर्णय गरेको छ । उक्त पूर्व सम्मेलन बैठकलाई सबै तहका सरकारका सम्बन्धित निकायहरुको समन्वयमा भव्य रुपमा सफल बनाउने निर्णय गरेको छ । साथै पूर्व सम्मेलन बैठकलाई परियोजना पहिचान, प्रस्तुति र परिस्कृत गर्ने फोरमको रुपमा लिइने निर्णय गरिएको छ । यस्तै, सुदूरपश्चिम प्रदेशका सबै पालिकाबाट लगानी तथा विकास सम्मेलनको सम्भावित उच्च प्राथमिकताको एक एक वटा आयोजना सिफारिस गरी आगामी वैशाखभित्र सचिवालयमा पठाउने बैठकले निर्णय गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा लगानी तथा विकास सम्मेलनका सन्दर्भमा प्रदेश सरकारद्वारा गरिएका निर्णयहरु र हालसम्मको प्रगतिबारे जानकारी गराइएको थियो ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...