सुदूरपश्चिम प्रदेशमा लगानी तथा विकास सम्मेलनको तयारी तीव्र

Published on

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्ने लगानी तथा विकास सम्मेलनको तयारीका लागि सबै समितिले कार्यतालिका बनाइ आ–आफ्नो कार्य सम्पादन गर्ने निर्णय गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको आयोजनामा आज बसेको मूल आयोजक समितिको बैठकले सबै समितिले कार्यतालिका बनाइ आ–आफ्नो कार्य सम्पादन गर्ने निर्णय गरेको हो । बैठकले संघ र प्रदेशका मन्त्रालय, निकायहरु तथा स्थानीय तहहरुसंगको समन्वय र सहयोगमा थप गृहकार्य र सम्मेलन तयारीका सबै कार्यहरु कार्यकारी समितिले गर्ने निर्णय गरेको छ ।

यसैगरी, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका विकास साझेदार, लगानीकर्ता, स्थानीय उद्योगी व्यवसायीको व्यापक परामर्श र सहभागिता सुनिश्चित गरी सुदूरपश्चिम प्रदेश लगानी तथा विकास पूर्व सम्मेलन बैठक आयोजना गर्ने निर्णय गरेको छ । उक्त पूर्व सम्मेलन बैठकलाई सबै तहका सरकारका सम्बन्धित निकायहरुको समन्वयमा भव्य रुपमा सफल बनाउने निर्णय गरेको छ । साथै पूर्व सम्मेलन बैठकलाई परियोजना पहिचान, प्रस्तुति र परिस्कृत गर्ने फोरमको रुपमा लिइने निर्णय गरिएको छ । यस्तै, सुदूरपश्चिम प्रदेशका सबै पालिकाबाट लगानी तथा विकास सम्मेलनको सम्भावित उच्च प्राथमिकताको एक एक वटा आयोजना सिफारिस गरी आगामी वैशाखभित्र सचिवालयमा पठाउने बैठकले निर्णय गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा लगानी तथा विकास सम्मेलनका सन्दर्भमा प्रदेश सरकारद्वारा गरिएका निर्णयहरु र हालसम्मको प्रगतिबारे जानकारी गराइएको थियो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...