नौ लाख बराबरको म्याद नाघेका औषधी बरामद

Published on

काठमाडौँ । सल्यानमा २० वटा औषधी पसलहरुमा गरिएको अनुगमनको क्रममा करिव नौ लाख रुपियाँ बराबरको म्याद नाघेका औषधी जफत भएको छ । एक सरकारी र १९ वटा निजी अस्पतालका फार्मेसीबाट म्याद सकिएका औषधी बरामद गरिएको हो । सल्यान जिल्ला अस्पतालको फार्मेसीसहित निजी क्षेत्रका विभिन्न अस्पताल तथा क्लिनिकमा बिक्रीका लागि राखिएका सात लाख ९८ हजार ६९२ रुपियाँ बराबरका म्याद सकिएका औषधी तथा सर्जिकल सामग्री बरामद गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका प्रमुुख श्यामलाल खरालले जानकारी दिनुभयो । उद्योग कार्यालयको समन्वयमा जिल्ला प्रशासन कार्यलय सल्यान र औषधी व्यवस्था विभाग नेपालगञ्जको टोलिले अनुगमन गरेको थियो ।

जिल्ला अस्पताल सहित श्रीनगर बजार, सिद्धकुमाखको ढोरचौर बजार, मोखला र बागचौर नगरपालिकाको बागचौर बजारमा रहेका निजि अस्पताका मार्फेसीहरुमा अनुगमन गर्दा म्याद सकिएका औषधीसहित सर्जिकल सामग्री बरामद गरिएको हो । बरामद गरिएका औषधीहरू नष्ट गर्न औषधी व्यवस्था विभाग नेपालगञ्जमा पठाइएको उद्योग कार्यालयका प्रमुख खरालले बताउनुभयो । संलग्न फार्मेसी तथा स्वास्थ्य संस्थाहरूलाई पहिलो पटक सचेतका लागि सुझाव दिइएको र पुनः त्यसो भएको पाइएमा कारबाही प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ । अनुगमनका क्रममा केही मेडिकलहरुले सटर लगार भागेका थिए । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा यस्तो लापरबाही भएकाले नियमित अनुगमन र कारबाही प्रक्रिया कडाइका साथ अगाडि बढाइने प्रमुख खरालले बताउनुभयो ।

spot_img

ताजा समाचार

सरकारी कर्मचारीको तलब वृद्धि आजदेखि लागू

नयाँ आर्थिक वर्ष २०८३/०८४ सुरु भएसँगै सरकारी कर्मचारीहरूको नयाँ तलबमान आजदेखि लागू भएको छ।...

मिटरब्याज समस्याको समाधानका लागि सहमतिको मस्यौदा तयार

मिटरब्याज समस्याको दीर्घकालीन समाधानका लागि नेपाल सरकार र आन्दोलनरत पक्षबीच सहमतिको मस्यौदा तयार भएको...

ग्रामीण क्षेत्रमा पनि क्यान्सर र नसर्ने रोग बढ्दै

उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा पछिल्ला वर्षहरूमा क्यान्सर, उच्च रक्तचाप, मधुमेह र श्वासप्रश्वाससम्बन्धी नसर्ने रोगका बिरामी...

स्मार्ट लाइसेन्स अब बर्सौं कुर्नु नपर्ने

सरकारले लामो समयदेखि छाप्न बाँकी रहेका २७ लाख स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) तीन महिनाभित्र...