नौ लाख बराबरको म्याद नाघेका औषधी बरामद

Published on

काठमाडौँ । सल्यानमा २० वटा औषधी पसलहरुमा गरिएको अनुगमनको क्रममा करिव नौ लाख रुपियाँ बराबरको म्याद नाघेका औषधी जफत भएको छ । एक सरकारी र १९ वटा निजी अस्पतालका फार्मेसीबाट म्याद सकिएका औषधी बरामद गरिएको हो । सल्यान जिल्ला अस्पतालको फार्मेसीसहित निजी क्षेत्रका विभिन्न अस्पताल तथा क्लिनिकमा बिक्रीका लागि राखिएका सात लाख ९८ हजार ६९२ रुपियाँ बराबरका म्याद सकिएका औषधी तथा सर्जिकल सामग्री बरामद गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका प्रमुुख श्यामलाल खरालले जानकारी दिनुभयो । उद्योग कार्यालयको समन्वयमा जिल्ला प्रशासन कार्यलय सल्यान र औषधी व्यवस्था विभाग नेपालगञ्जको टोलिले अनुगमन गरेको थियो ।

जिल्ला अस्पताल सहित श्रीनगर बजार, सिद्धकुमाखको ढोरचौर बजार, मोखला र बागचौर नगरपालिकाको बागचौर बजारमा रहेका निजि अस्पताका मार्फेसीहरुमा अनुगमन गर्दा म्याद सकिएका औषधीसहित सर्जिकल सामग्री बरामद गरिएको हो । बरामद गरिएका औषधीहरू नष्ट गर्न औषधी व्यवस्था विभाग नेपालगञ्जमा पठाइएको उद्योग कार्यालयका प्रमुख खरालले बताउनुभयो । संलग्न फार्मेसी तथा स्वास्थ्य संस्थाहरूलाई पहिलो पटक सचेतका लागि सुझाव दिइएको र पुनः त्यसो भएको पाइएमा कारबाही प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ । अनुगमनका क्रममा केही मेडिकलहरुले सटर लगार भागेका थिए । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा यस्तो लापरबाही भएकाले नियमित अनुगमन र कारबाही प्रक्रिया कडाइका साथ अगाडि बढाइने प्रमुख खरालले बताउनुभयो ।

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ...

औषधीय गुण भएको महुवा सङ्कलन

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले...

कर्णालीको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।...

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको...