दाउन्ने सडक : बिस किलोमिटर जाम, यात्रुको बिचल्ली

Published on

काठमाडौँ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडक खण्डको दाउन्नेमा चिप्लो बाटोका कारण सवारी साधन चल्न नसक्दा यात्रुको बिचल्ली भएको छ । राति १२ बजेदेखि एउटा गाडी पनि पास हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो । ‘‘म दुम्किवास र दाउन्ने खण्डको बिचमा छु, राति १२ बजेदेखि एउटा गाडी पनि पास हुन सकेको छैन, डोजरले धकेलेर पास गराए जाने हो नत्र गाडी चिप्लिएर अघि बढ्नै सक्दैनन्,’’ प्रहरी उपरीक्षक ढकालले भन्नुभयो । दुई फिटसम्म जमेको धुलोमा पानी परेपछि बाटो चिप्लो भएर गाडी चल्न नसकेका हुन् । चैत २७ गतेदेखि बिहान ११ देखि दिउँसो ३ बजेसम्म सवारी साधन रोकेर बाटो बिस्तारको काम गरिएको थियो । तर त्यसै रातीदेखि परेको हल्का वर्षाका कारण यात्रुले सास्ती पाएका हुन् ।

बाटो बन्द हुँदा दाउन्ने पश्चिमभन्दा दाउन्ने पूर्वमा अत्यधिक ट्राफिक जाम भएको प्रहरी उपरीक्षक ढकालले बताउनुभयो । उहाँले दाउन्नेदेखि पश्चिम झण्डै चोरमारासम्म २० किलो मिटरभन्दा बढी ट्राफिक जाम भएको बताउनुभयो । ‘‘अहिले त यस्तो छ वर्षामा कस्तो हुने होला रु’’ ढकालले भन्नुभयो, ‘‘निक्कै दुःख पाइयो, यात्रुलाई पनि त्यस्तै सास्ती छ ।’’ जिल्ला ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनकराज बन्जाराले २४ सै घण्टा प्रहरी परिचालन गर्दा पनि समस्या समाधान हुन नसकेको बताउनुभयो । लोडवाला गाडी फसेका छन्, जसले गर्दा साना सवारी साधन पनि पास हुन नसकेर जाम अत्यधिक भएको छ,’’ प्रहरी निरीक्षक बन्जाराले भन्नुभयो ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...