काठमाडौँ । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले आउँदै गरेको वर्ष ०८२ सबै नेपालीका लागि अघिल्ला वर्षहरुभन्दा राम्रो होस् भन्दै शुभकामना दिनुभएको छ । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ काठमाडौं क्षेत्र नम्बर १ ले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान प्रदान एवम् भित्तेपात्रो विमोचन कार्यक्रममा उपप्रधानमन्त्री सिंहले शुभकामना व्यक्त गर्नुभएको हो । ‘‘नयाँ वर्ष सबैका लागि राम्रो होस् । सबै नेपाली आमाबुुबा, दाजुुभाई तथा दिदिबहिनीहरुमा शुभकामना व्यक्त गर्दछु । सबै जीवन सहज रुपमा अघि बढोस् ।,’’ उहाँले भन्नुभयो, ‘‘बितेका वर्षमा आशा गरे अनुसार गर्न नसकेका कामहरु सम्पन्न गर्नका लागि हामी सबैलाई सफता मिलोस् । नेपालको राष्ट्रिय राजनीतिमा स्थीरताका लागि सरकारले काम गरिररहेको छ । जीवन र जिविकोपार्जन सहज बनाउन सरकारले काम गरिररहेको कुरा पनि भन्न चाहन्छु ।’’ उहाँले नयाँ वर्षले सबैमा सकारात्मक सोचको विकास होस् भन्दै उहाँले वर्ष ०८२ नेपाल र नेपाली जनताका लागि वर्ष ०८१ भन्दा राम्रो बन्ने विश्वास पनि व्यक्त गर्नुभयो । कार्यक्रममा उपप्रधानमन्त्री सिंहले भित्तेपात्रो विमोचन पनि गर्नुभएको थियो । सो अवसरमा उपप्रधानमन्त्री सिंहले आफ्नो निर्वाचन क्षेत्रका कांग्रेस नेता, कार्यकर्ताहरुसँग शुभकामना आदान प्रदान गर्दै सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभयो ।