स्केटबोर्ड च्याम्पियनसिपमा खुसी र गजेन्द्र च्याम्पियन

Published on

काठमाडौँ । आठौँ राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिपमा महिला खुलातर्फ खुसी विक र पुरुष खुलातर्फ गजेन्द्र बर्देवा च्याम्पियन बन्नुभएको छ । नेपाल स्केटिङ तथा स्केट बोर्डसङ्घको आयोजनामा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ शरद राई दोस्रो र बसन्त राईले तेस्रो हुनुभयो । महिलामा लेमन मगर दोस्रो र समीक्षा राई तेस्रो बन्नुभयो । खुलातर्फका विजेता, उपविजेता र तेस्रो हुनेले क्रमशस् २५, २० र १५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । यस्तै जुनियरतर्फको उपाधि अभिषेक परियारले जित्नुभयो । अंकित विक दोस्रो र अविनाश कुमाल तेस्रो हुनुभयो । जुनियरतर्फ विजेतालाई १०, उपविजेतालाई पाँच हजार र तेस्रो हुनेलाई तीन हजार रुपियाँ पुरस्कार प्रदान गरियो । विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल स्केटिङ तथा स्केट बोर्डका अध्यक्ष अच्युत खनाललगायतले पुरस्कार प्रदान गर्नुभयो । दुई दिने प्रतियोगितामा एक सय ५० पुरुष र एक सय ५० महिला गरी चार सय खेलाडीको सहभागिता रहेको थियो ।

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...