दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति

Published on

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । जिल्ला प्रहरी परिसार काठमाडौंका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी अपीलराज बोहराले प्रसाईंलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको जानकारी दिनुभयो । प्रसाईंसँगै पक्राउ परेका उनका बडिगार्ड दीपक खड्कालाई पनि १२ दिन नै हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ । प्रहरीले दुवैलाई कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि माग गरेको थियो । सोही अनुसार अलदालतले म्याद थपको अनुमति दिएको हो । तीनकुने घटनामा फरार रहेका प्रसाई र खड्कालाई आज झापाको भद्रपुरबाट नियन्त्रणमा लिई काठमाडौं ल्याइ जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको थियो ।

ताजा समाचार

संघीय संसद्का पाँच समिति बैठक आज, विविध विधेयक र प्रतिवेदनमाथि छलफल

काठमाडौं — संघीय संसद अन्तर्गतका विभिन्न पाँच संसदीय समितिको बैठक आज (आइतबार) बस्दैछ। निर्धारित...

धरान उपमहानगरको बजेट अन्योलमा : मेयर–उपमेयरबीचको किचलोले सहमति अवरुद्ध

विराटनगर — आन्तरिक राजनीतिक किचलोका कारण धरान उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट...

सुनकोशी नदी आसपास सतर्कता अपनाउन सिन्धुली प्रशासनको आग्रह

काठमाडौं — सिन्धुली जिल्लामा अविरल वर्षाको सम्भावना रहेको भन्दै सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता...

‘स्लिपिङ प्रिन्स’ को नामले परिचित साउदी राजकुमार अल वालिदको निधन

काठमाडौं — दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन...