यातायात क्षेत्र देशको मुख्य आर्थिक मेरुदण्ड हो : गृहमन्त्री लेखक

Published on

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले यातायात क्षेत्र देशको मुख्य आर्थिक मेरुदण्ड रहेको बताउनुभएको छ । शनिवार तराई यातायात व्यवसायी संघको १८ औँ वार्षिक साधारण सभा बाराको सिमरामा बोल्दै उहाँले उद्योग,व्यापार,पर्यटन,शिक्षा तथा स्वास्थ्य सेवा सबैको सम्बन्ध यातायातसंग जोडिएको बताउँदै यातायात व्यवसायीको भुमिका अतुलनीय रहेको बताउनुभयो । उहाँले कृर्षि उत्पादनको बजारसम्म पहुँच, मानव स्रोतमाथिको निर्भरता लगायत सीमापार व्यापारमा यातायात व्यवसायको महत्वपूर्ण भुमिका रहेको बताउनुभयो । “सडक संरचना र यसको स्तरले ल्याएको समस्या र चुनौती,यातायात क्षेत्रमा देखा परेका केहि प्रशासनिक झण्झट लगायतका धेरै समस्या र सवालहरु छन ।” मन्त्री लेखकले भन्नुभयो–“तपाईहरुले उठाउँदै आउनुभएका विषयमा के गर्न सकिन्छ भन्ने कुरामा नेपाल सरकार गम्भीर छ ।”

यातायात क्षेत्रमा नियमको कार्यान्वयन,व्यवसायीले भुक्तानी गर्ने कर संरचना र यातायात क्षेत्रमा संलग्न व्यवसायी, मजदुर र साधन सुरक्षाका सवाल रहेको उहाँको भनाई थियो । “विभिन्न समस्याका बावजुत पनि राम्रोसंँग सेवा दिई रहनुभएको छ, तपाईहरुले राम्रो गर्दागर्दै पनि केहि कमिकमजोरीहरु आवश्यक सुधार गर्नुपर्ने देख्दछु ।” उहाँले भन्नुभयो–“यातायात व्यवसायीहरुले भाडादरमा पारदर्शिताको अभाव, सेवाको गुणस्तरमा कमी, यात्रु सुरक्षामा लापरवाही, हड्ताल र सवारी बन्द गर्ने प्रवृत्ति, प्राविधिक प्रयोगको कमी लगायतका कुरामा सुधार गर्नुपर्ने देखिन्छ ।”

उहाँले आफु २०६३ सालदेखी कुनै न कुनै रुपमा यातायात क्षेत्रसँग जोडिएको बताउँदै यातायात क्षेत्रका समस्या समाधानका लागि पहल गरिरहेको बताउनुभयो । “हिजोमात्र मैले काठमाडौँमा यातायातसँग जोडिएका प्रमुख समस्या दुर्घटना र सोसँग जोडिएका बिमा लगायतको बारेमा सरोकारवाला सबैलाई राखेर प्रारम्भिक छलफल सुरु गरेका छौँ ।” उहाँले भन्नुभयो–“यातायात व्यवसायीले उठाएका विषय महत्वपूर्ण छन् र आगामी दिनमा हुने छलफलमा यि कुराहरुलाई समाधान गर्ने तर्फ पहल गर्ने छु ।”

ताजा समाचार

संघीय संसद्का पाँच समिति बैठक आज, विविध विधेयक र प्रतिवेदनमाथि छलफल

काठमाडौं — संघीय संसद अन्तर्गतका विभिन्न पाँच संसदीय समितिको बैठक आज (आइतबार) बस्दैछ। निर्धारित...

धरान उपमहानगरको बजेट अन्योलमा : मेयर–उपमेयरबीचको किचलोले सहमति अवरुद्ध

विराटनगर — आन्तरिक राजनीतिक किचलोका कारण धरान उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट...

सुनकोशी नदी आसपास सतर्कता अपनाउन सिन्धुली प्रशासनको आग्रह

काठमाडौं — सिन्धुली जिल्लामा अविरल वर्षाको सम्भावना रहेको भन्दै सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता...

‘स्लिपिङ प्रिन्स’ को नामले परिचित साउदी राजकुमार अल वालिदको निधन

काठमाडौं — दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन...