जुडशीतल पर्वले वातावरणीय चेतना बढाउँछ : मुख्यमन्त्री सिंह

Published on

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जुडशीतल सिरुवा पर्वको अवसरमा सम्पूर्ण प्रदेशवासी तथा नेपाली सुख, समृद्धि, शान्ति र दीर्घायुको शुभकामना दिनुभएको छ। मङ्गलबार जुडशीतल पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले लोकपर्व जुडशीतल सिरुवा पर्वले वातावरणीय चेतना जागृत गर्ने महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभएको छ । उहाँले शुभकमना सन्देशमा यस पर्वले प्रकृतिप्रति मानवको संवेदनशीलता अभिवृद्धि गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, हाम्रा प्रायः धार्मिक तथा सांस्कृतिक पर्वहरू प्राकृतिक परिवर्तन र पर्यावरण संरक्षणसँग गहिरो सम्बन्धित छन् । जसले जीवनशैलीलाई ऋतुअनुकुल बनाई मानव जीवनलाई सुसङ्गत र सार्थक बनाउँछ ।”

जुडशीतल पर्व परम्परागत ज्ञान, चेतना र विधिको माध्यमबाट वातावरण संरक्षण तथा जलवायु सन्तुलनको सन्देश पुस्तादरपुस्ता हस्तान्तरण गर्दै आएको छ । गर्मीको प्रभावबाट बच्न आहार तथा व्यवहारमा परिवर्तन ल्याउने, वनस्पति तथा प्राणीको समान अस्तित्व स्वीकार गर्दै संरक्षणमा सहभागी हुनुपर्ने सन्देश यस पर्वमा निहित रहेको पनि सन्देशमा उल्लेख गरिएको छ । जेठा मान्यजनबाट चिसो पानी खन्याई आशीर्वाद लिने, रुखबिरुवा सिँचाइ गर्ने, जल स्रोतहरूको सरसफाइ गर्ने तथा हिलोमाटो खेल्ने वैज्ञानिक दृष्टिकोणले पनि अत्यन्त अर्थपूर्ण रहेको उल्लेख छ । जलवायु परिवर्तन, जैविक विविधताको सङ्कट तथा प्रदूषण नियन्त्रणजस्ता विश्वव्यापी चुनौतीहरूप्रति जुडशीतल पर्वले गहिरो सन्देश दिने विश्वास व्यक्त गरिएको छ ।

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ...

औषधीय गुण भएको महुवा सङ्कलन

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले...

कर्णालीको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।...

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको...