जुडशीतल पर्वले वातावरणीय चेतना बढाउँछ : मुख्यमन्त्री सिंह

Published on

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जुडशीतल सिरुवा पर्वको अवसरमा सम्पूर्ण प्रदेशवासी तथा नेपाली सुख, समृद्धि, शान्ति र दीर्घायुको शुभकामना दिनुभएको छ। मङ्गलबार जुडशीतल पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले लोकपर्व जुडशीतल सिरुवा पर्वले वातावरणीय चेतना जागृत गर्ने महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभएको छ । उहाँले शुभकमना सन्देशमा यस पर्वले प्रकृतिप्रति मानवको संवेदनशीलता अभिवृद्धि गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, हाम्रा प्रायः धार्मिक तथा सांस्कृतिक पर्वहरू प्राकृतिक परिवर्तन र पर्यावरण संरक्षणसँग गहिरो सम्बन्धित छन् । जसले जीवनशैलीलाई ऋतुअनुकुल बनाई मानव जीवनलाई सुसङ्गत र सार्थक बनाउँछ ।”

जुडशीतल पर्व परम्परागत ज्ञान, चेतना र विधिको माध्यमबाट वातावरण संरक्षण तथा जलवायु सन्तुलनको सन्देश पुस्तादरपुस्ता हस्तान्तरण गर्दै आएको छ । गर्मीको प्रभावबाट बच्न आहार तथा व्यवहारमा परिवर्तन ल्याउने, वनस्पति तथा प्राणीको समान अस्तित्व स्वीकार गर्दै संरक्षणमा सहभागी हुनुपर्ने सन्देश यस पर्वमा निहित रहेको पनि सन्देशमा उल्लेख गरिएको छ । जेठा मान्यजनबाट चिसो पानी खन्याई आशीर्वाद लिने, रुखबिरुवा सिँचाइ गर्ने, जल स्रोतहरूको सरसफाइ गर्ने तथा हिलोमाटो खेल्ने वैज्ञानिक दृष्टिकोणले पनि अत्यन्त अर्थपूर्ण रहेको उल्लेख छ । जलवायु परिवर्तन, जैविक विविधताको सङ्कट तथा प्रदूषण नियन्त्रणजस्ता विश्वव्यापी चुनौतीहरूप्रति जुडशीतल पर्वले गहिरो सन्देश दिने विश्वास व्यक्त गरिएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...