कृषि मानव जीवनको अत्यावश्यक र अपरिहार्य क्षेत्र हो : प्रधानमन्त्री ओली

Published on

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि मानव जीवनको अत्यावश्यक र अपरिहार्य क्षेत्र भएको बताउनुभएको छ। दक्षिण एसियाली किसान फेडेरेसनको दोस्रो सम्मेलनका अवसरमा मन्तव्य राख्नुहुँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो। प्रधानमन्त्री ओलीले नेपालमा अझै ६० प्रतिशत जनसंख्या कृषिमा आधारित रहेकोसमेत प्रष्ट पार्नुभयो। ‘‘म नेपालको कुरा गरौं, ६० प्रतिशत वा सोभन्दा बढी जनसंख्या कृषिमा आधारित छ’’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘राष्ट्रिय अर्थतन्त्रमा कृषिको योगदान कम छ। कृषि सबैभन्दा बढी महत्त्वपूर्ण क्षेत्र हो। कुनै पनि पेशा व्यवसायको सबैभन्दा बढी महत्त्वपूर्ण, अर्थपूर्ण, जीवनका लागि सर्वाधिक अत्यावश्यक र अपरिहार्य क्षेत्र कृषि हो। सबै मानिसलाई बाँच्नका लागि खानै पर्दछ। खाना कृषिबाट मात्र प्राप्त हुन्छ। त्यसो भएर कृषि पेशा अत्यन्त महत्त्वपूर्ण छ।’’

प्रधानमन्त्री ओलीले कृषिमा सर्वाधिक जनसंख्या त्यसमा आबद्ध हुने, उत्पादन र उत्पादकत्व न्युन हुने, लगानी र मिहिनेत अनुसारको प्रतिफल नभएको प्रष्ट पार्नुभयो। उहाँले कृषिमा उपयुक्त बजार खोज्न नसकेको बताउनुभयो। यो क्षेत्रमा धेरै समस्या भए पनि समाजको विकासका लागि कृषिमा ध्यान दिनुपर्ने बताउनुभयो। ‘‘मानव जातिका लागि सबैभन्दा महत्वपूर्ण क्षेत्र कृषि हो। तर, यो नै पछाडि परेको छ। आज कुनै पनि समाजलाई बचाउनका लागि, त्यसलाई विकसित गर्नका लागि कृषि क्षेत्रमा ध्यान दिन जरुरी छ।’’

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...