संरक्षण क्षेत्रमा पर्यापर्यटन प्रवर्धन आवश्यक छः वनमन्त्री शाही

Published on

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मुलुकभरका संरक्षण क्षेत्रमा पर्यापर्यटन प्रवर्धन गरी जनताको जीविकोपार्जनसँग जोड्नुपर्ने बताउनुभएको छ । वन्यजन्तु संरक्षण तथा राष्ट्रिय निकुञ्ज विभागले मङ्गलबार यहाँ आयोजना गरेको ३०औँ वन्यजन्तु सप्ताह कार्यक्रममा उहाँले संरक्षण क्षेत्रले अब आफैँ राजस्व सङ्कलन गरी आयआर्जन वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री शाहीले भन्नुभयो, “पछिल्लो समय वन्यजन्तुको वृद्धिसँगै मानव–वन्यजन्तु द्वन्द्व र व्यवस्थापनको चुनौती बढेको छ । यसलाई व्यवस्थापन गरी न्यूनीकरण गर्न वन मन्त्रालयसँगै अन्य निकाय र सरोकारवाला सबैको सहयोगको अपेक्षा गर्दछौँ ।” कार्यक्रममा वन मन्त्रालयका सचिव डा. दीपककुमार खरालले विभागले संरक्षणको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेको उल्लेख गर्दै अब मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा काम गर्नुपर्ने बताउनुभयो । साथै उहाँले स्थानीय समुदायमा संरक्षणप्रति अपनत्वका साथ बुझाइमा एकरूपता ल्याउनुपर्ने सुझाउनुभयो ।

विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले वन्यजन्तुको सङ्ख्या वृद्धिसँगै प्राप्त उपलब्धिलाई जोगाउन चुनौतीको सामना गर्नका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले सप्ताह कार्यक्रमले संरक्षणका लागि जनचेतना फैलाउन ठुलो योगदान पुग्ने उल्लेख गर्नुभयो । कार्यक्रममा विभागका उपमहानिर्देशक वेदकुमार ढकाल, विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्य, वन प्राविधिक सङ्घका अध्यक्ष डा. राकेश कर्ण, राष्ट्रिय प्रकृति संरक्षण कोषका निर्देशक डा. चिरिञ्जीवीप्रसाद पोखरेल, वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक अजितकुमार कर्ण, जियोलोजिकल सोसाइटी अफ लन्डन (जेडएसएल) नेपालका डा. दिनेश न्यौपानेलगायतले मानव–वन्यजन्तु द्वन्द्व संरक्षणका लागि चुनौती बनेको उल्लेख गर्दै समाधानमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो । रासस

spot_img

ताजा समाचार

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम आफ्नो...

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत्...

खाडीमा इरानी आक्रमण, तेल १०० डलर नाघ्यो

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजहरूलाई लक्षित...

कञ्चनपुरका निर्वाचित सांसद जनताको समस्या बुझ्न गाउँ–बस्तीमा

काठमाडौं । कञ्चनपुरबाट नव निर्वाचित सांसदहरू जनताको समस्या बुझ्न गाउँ–बस्तीमा सक्रिय छन्। पहिलो पटक...