घोराहीमा चौथो दाङ गजल महफिल हुने

Published on

काठमाडौँ । घोराहीमा चौथो दाङ गजल महफिल हुने भएको छ । गजल साहित्यको प्रवर्धन र गजल विधामा क्रियाशील स्रष्टाहरूलाई सम्मान गर्ने उद्देश्यले दाङमा चौथो दाङ गजल महफिल–२०८२ हुने भएको हो । गजल अभियान दाङको आयोजनामा नेपाल पत्रकार महासङ्घको सभाहल, घोराहीमा वैशाख ६ गते महफिल कार्यक्रम हुने तय भएको गजल अभियान दाङका संयोजक प्रबल विष्टले जानकारी दिनुभएको छ । संयोजक विष्टका अनुसार महफिलमा गजल गायक सन्तोष रजौरेले गजल गायन गर्नेछन् भने गजल वाचनमा सुनिल पुन बिरेही, अभि क्षेत्री ‘समर्पण’ र निर्मला शर्मा रहनुभएको छ ।

गजल अभियान दाङले जिल्लामा नियमित रूपमा गजल महफिल गर्दै आएको र सोही अनुसार यहि वर्ष पनि कार्यक्रम गर्न थालेको हो । त्यसैगरी कार्यक्रममा गजल गायन र गजल वाचनका साथै पुरस्कार तथा सम्मान कार्यक्रम पनि गरिने छ।कार्यक्रममा गजलकार रामगोपाल यादव, यादवनाथ योगी र शशी शर्मा मजगैँयालाई सम्मान गर्ने गरिने भएको छ । गजल अभियान दाङका संयोजक विष्टले महफिलमा सहभागीताका लागि गजलप्रेमीहरूलाई अनुरोध गरेका छन् ।

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...