केपी ओली कप क्रिकेट : गण्डकी र काठमाडौँ फाइनलमा

Published on

काठमाडौँ । सिइसी काठमाडौँ र गण्डकी हिरोज केपी ओली कप टी–२० पुरुष राष्ट्रिय क्लबस्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरामा रङ्गशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा बिहीबार वर्षाका कारण पहिलो सेमीफाइनल खेल पाँच ओभरको खेलाइयो भने दोस्रो खेलको पहिलो इनिङ चलिरहँदा वर्षा भएपछि टस गराइएको थियो । प्रतियोगिताको पहिलो सेमीफाइनलमा हिमाल फ्रेन्ड्स क्रिकेट एकेडेमीलाई १० रनले हराउँदै काठमाडौँ फाइनलमा प्रवेश गरेको हो । वर्षाको कारण समयमा खेल सुरु हुन नसकेपछि पाँच ओभरको खेलमा ५८ रनको विजयी लक्ष्य पाएको हिमाल फ्रेन्ड्स निर्धारित पाँच ओभरमा तीन विकेट गुमाउँदै ४७ रनमा समेटियो ।

उसका लागि ओपनर सुवोध ऐरी र आशिष तिरुवाले १३, १३ रन बनाउनुभयो । अभिनाष सिंहले १२ दिपक रोकायाले चार रन बनाउनुभयो । बलिङमा काठमाडौँका मनोज यादवले दुई तथा युनिशविक्रम सिंह ठकुरीले एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौँले निर्धारित पाँच ओभरमा एक विकेटको क्षतिमा ५७ रन बनाएको थियो । काठमाडौँका लागि ओपनर रित गौतमले २८ रन बनाउनुभयो । अर्जुन घर्तीले १३ र दिपेन्द्र रावतले अविजित आठ रन बनाउनुभयो । यस्तै दोस्रो सेमिफाइनल खेलमा गण्डकी हिरोजविरुद्ध अत्तरिया क्रिकेट एकेडेमीले उत्कृष्ट पारी खेले पनि टसमा दुर्भाग्य भयो । टस हारेर ब्याटिङको निम्तो पाएको अत्तरियाले १३.३ ओभरमा चार विकेटको क्षतिमा एक सय ४६ रन बनाउँदा पुनः वर्षा भएका कारण खेल रोकिएको थियो ।

अत्तरियाले उत्कृष्ट सुरुवात गरेको थियो । ओपनर अभिषेक पलले १९ रन जोड्दा अर्का ओपनर विपिन रावलले ७२ रनको उत्कृष्ट पारी खेल्नुभयो । यस्तै खगेन्द्र जोशीले २० र टेक रावतले अविजित ११ रन बनाउनुभयो । बलिङमा गण्डकी हिरोजका मिलन बोहोराले तीन विकेट लिनुभयो । नारायण जोशीले एक विकेट लिनुभयो । मदन भण्डारी स्पोट्र्स एकेडेमीले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल शुक्रबार हुने छ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाखका रुपियाँ पुरस्कार पाउने छन् । यस्तै म्यान अफ दी सिरिजलाई ३० हजार, बेष्ट बलर र बेस्ट ब्याटरलाई जनही १० हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ । चैत २३ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा १६ टोलीले भाग लिएका थिए ।

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...