शिक्षक आन्दोनल : दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका

Published on

काठमाडौँ । संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका बेला बर्दियाका सामुदायिक विद्यालयहरू भने सुनसान छन् । शिक्षक महासङ्घले काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरेपछि आन्दोलनमा सहभागी हुन भन्दै शिक्षकहरू काठमाडौँ तर्फ लागेपछि बर्दियाका सामुदायिक विद्यालय सुनसान भएका छन् भने एसइई परीक्षाका उत्तर पुस्तिका समेत परीक्षण हुन सकेको छैन ।

चैत मसान्तसम्ममा परीक्षाफल प्रकाशित हुनु पर्ने भए पनि शिक्षक आन्दोलनका कारण कतिपय विद्यालयमा परीक्षाफल प्रकाशित हुन सकेको छैन । विद्यालय भर्ना अभियानसँगै एसइईको उत्तर पुस्तिका समेत परीक्षण हुन सकेको छैन । स्थानीयतहले चैत महिनाभित्र परीक्षाफल प्रकाशित गर्नुपर्ने र चैत १५ गतेभित्र भर्ना अभियान गर्नुपर्ने, विद्यालयको वार्षिक कार्ययोजना निर्माण गर्नुपर्ने, विद्यार्थी भर्ना अभियानअन्तर्गत घरदैलो अभियान कार्यक्रम सञ्चालन गर्नुपर्ने भए पनि यस वर्ष विद्यालयका सम्पूर्ण कामहरू प्रभावित हुन पुगेको छ । शिक्षक आन्दोलनका कारण बर्दियामा दुई सय ७४ विद्यालयमा अध्यनरत एक लाख १९ हजार बालबालिकाको भविष्य अन्योलमा परेको छ भने एसइई परीक्षको सात हजार उत्तर पुस्तिका परीक्षण हुन नसकेको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय बर्दियाका प्रमुख सूर्यबहादुर खत्रीले बताउनुभयो । शिक्षक आन्दोलनका कारण शिक्षा क्षेत्रमा असर परेको बताउनुहुँदै भर्ना अभियानदेखि एसइईको उत्तर पुस्तिका परीक्षणमा समेत समस्या आएको खत्रीको भनाइ छ ।

spot_img

ताजा समाचार

मानिस हराएको सूचना: हराएको एक हप्ता पुग्न लाग्यो, बहादुर चन्द अझै सम्पर्कविहीन

महेन्द्रनगर, चैत ९ गते ।  । बैतडी जिल्ला पञ्चेश्वर गाउँपालिका वडा नं. ४ निङ्गलाड...

गृहमन्त्रीद्वारा कर्मचारी र सुरक्षा निकाय सम्मानित

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह...

दाङमा बरघरको अन्तर प्रदेश सम्मेलन हुने

काठमाडौं । दाङमा थारू समुदायको प्रथाजनित संस्था मटाँवा, बरघरहरूको सम्मेलन हुने भएको छ ।...

नदीमा बेपत्ता भएका किशोर मृत फेला

काठमाडौं । पौडी खेल्ने क्रममा तिनाउ नदीमा बेपत्ता भएका दुई जना भारतीय किशोरमध्ये एक...