चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस हुने

Published on

काठमाडौँ । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसदसमक्ष पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा निर्णय सार्वजनिक भएसँगै चलचित्रकर्मी उत्साहित देखिएका छन् । विसं २०२६ को चलचित्र ऐनलाई प्रतिस्थापन गर्नेगरी ल्याउन लागिएको उक्त विधेयकको मस्यौदा एक महिनाअघि चलचित्र विकास बोर्डले मन्त्रालयमा पठाएको बोर्डका अध्यक्ष दिनेश डिसीले जानकारी दिनुभयो । “हामीलाई रहेको कानुनी कठिनाइलाई नयाँ चलचित्र ऐनले सहज गर्ने छ । चलचित्र ऐनले यस क्षेत्रमा आबद्ध सबैलाई लाभ दिनेमा हामी विश्वस्त छौँ”, उहाँले भन्नुभयो ।

समावेशी सिद्धान्तको आधारमा दुई महिलासहित बोर्ड सञ्चालक समितिमा पाँच जना सदस्य नियुक्त गर्नुपर्ने, यसअघि चलचित्र भवन अनुमगन र नियमनका क्रममा कारबाही र सजाय गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई हुनेमा प्रस्तावित विधेयकमा १० लाख जरिवाना र चलचित्र भवन बन्द गर्न सक्ने अधिकार बोर्डलाई दिने प्रस्ताव गरिएको बोर्डले जनाएको छ । पछिल्लो समय विश्वभर लोकप्रिय भरहेको ‘ओभर दि टप (ओटिटी)’ मार्फत चलचित्र प्रदर्शन गर्ने, कल्याणकारी कोष कार्यविधिबाट सञ्चालन गर्न चलचित्र प्रशिक्षण प्रतिष्ठान गठन गर्नेलगायत प्रस्ताव गरिएका बोर्डले जनाएको छ । यद्यपि, प्रस्तावित विधेयकको पूर्ण मस्यौदा सार्वजनिक भने नभएको जनाइएको छ । अध्यक्ष डिसीले कार्यभार सम्हाल्नु भएदेखि चलचित्र ऐनका लागि काम गरिरहनुभएको थियो । रासस

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...