गौतमबद्ध विमानस्थलमा नियमित उडान प्रयास भइरहेको छ: मुख्यमन्त्री आचार्य

Published on

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानको लागी प्रयास भइरहेको बताउनुभएको छ । लुम्बिनीमा आयोजित एक कार्यक्रममा बोल्दै आचार्यले विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्नको लागी आफूले प्रधानमन्त्री, अर्थमन्त्री देखि लिएर नागरिक उड्डयन प्राधिकरण सम्म छलफल गरेको बताउनुभयो ।

आचार्यले भन्नुभयो, “गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई हेरेर यस क्षेत्रमा व्यवसायिहरुको अरबौँ लगानी भएको छ, प्रदेश सरकारले मनन र आत्मसाथ गरेको छ । विमानस्थल चलाउनको लागी प्रदेश सरकार गम्भीर रहेको छ, सङ्घीय सरकार सँग छलफल गरिरहेका छौँ ” । आचार्यले लुम्बिनी प्रदेशको विकासको लागी पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चल्न अपरिहार्य रहेको जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै आचार्यले अहिले समाजमा कतिपय अवस्थामा सञ्चारहरू फितलो ढङ्गले अघि बढेको प्रदेश सरकारले महसुस गरिरहेका बताउनुभयो । सञ्चार क्षेत्र मुलुकमा अराजकता र तरल अवस्थामा धकेल्न तर्फ उद्धत भएर लाग्न नहुने बताउँदै राष्ट्र र जनताको पक्षमा अघि बढ्न आवश्यक रहेको जानकारी दिनुभयो ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...