अन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अधिकारी

Published on

काठमाडौँ । विश्वभरिका नेपाली सेफहरूलाई एकीकृत गर्ने उद्देश्यले काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय नेपाली सेफ समाजको भेलाले अरुण अधिकारीको अध्यक्षतामा ३६ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ । संस्थाको वरिष्ठ उपाध्यक्षमा श्याम अम्गाई, उपाध्यक्षहरूमा सूर्य भण्डारी, साईकुमार शर्मा र श्याम भण्डारी चयन भएका छन् । साथै महासचिवमा दीपक कार्की, सचिवमा बलराम खतिवडा, सह–सचिवमा राजकुमार गिरी, कोषाध्यक्षमा विष्णु खत्री र सह–कोषाध्यक्षमा हरिराज घिमिरे चयन भएका छन् । साथै सदस्यहरूमा उद्धव श्रेष्ठ, फणिन्द्र पन्थ, लक्ष्मण सापकोटा, राम सेन, वरुण सिंह चयन भएका छन् ।

संस्था बोर्ड सदस्यहरूमा लाबहादुर कौशल (एलबी), वासुदेव भुसाल, रेशमबहादुर लामा, हुमन लिम्बू, कुमार तिमिल्सिना, ईश्वर पन्त, सुवास थापा, सरोज थापा, शखबिर लामा, कृष्णहरि सापकोटा, बाबुराम कार्की, दीपक मरासिनी, अमरदीप कार्की, दीपक भुसाल, बिनोद सोनी, बिमल कार्की, टेक खनाल, गोविन्द राई, रामकुमार जोशी, प्रकाशबुढा थोकी, बेदप्रसाद अधिकारी रहेका छन् । कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष अरुण अधिकारीले समाजले विश्वभरि फैलिएका नेपाली सेफहरूलाई एकीकृत गर्दै नेपाली खानाको अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार, गुणस्तर अभिवृद्धि, र सेफहरूको व्यक्तिगत तथा व्यवसायिक विकासमा प्रतिबद्धतापूर्वक कार्य गर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हामी संस्थागत रूपमा अगाडि बढ्दै, नेपाली सेफहरूको क्षमता अभिवृद्धिमा योगदान पुर्‍याउँदै, नेपाली खानालाई विश्व व्यञ्जनमा स्थापित गर्न लागि पर्ने छौं ।”

अन्तर्राष्ट्रिय नेपाली सेफ समाजले नेपाली सेफहरूलाई एक मञ्चमा ल्याई उनीहरूको अनुभव, सीप र पहिचानलाई साझा गर्दै, नेपाल र विदेशमा नेपाली खानाको पहिचान विस्तार गर्ने लक्ष्य लिएको छ । भेलामा निर्वाचित कार्यसमितिले नेपाली खानाको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार, गुणस्तर अभिवृद्धि तथा नेपाली सेफहरूको पेसागत क्षमता विकासमा संस्थागत रूपमा क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरेको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...