नयाँबस्तीमाथि श्री भगवतीको सहज जित

Published on

काठमाडौँ । श्री भगवती क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा नयाँबस्ती युथ क्लबमाथि सहज जित निकालेको छ । एन्फा मैदान सातदोवाटोमा आइतबार भएको खेलमा श्री भगवतीले नयाँबस्तीलाई ३–० गोलले हरायो । एकपक्षीय जितका श्री भगवतीका लागि दिवश छन्त्यालले खेल सुरु भएको तेस्रो मिनेटमा गोल गर्नुभयो । सबै गोल पहिलो हाफमा सम्भव भएको खेलमा अमित लामाले १६औँ र विक्रान्तनरसिंह रानाले ३०औँ मिनेटमा गोल गर्नुभयो । जितसँगै दोस्रो स्थानमा रहेको श्रीभगवतीले सात खेलबाट १७ अङ्क बनाएको छ । एक खेल कम खेल्दै शीर्षस्थानमा रहेको प्लानिङ ब्वाइजको १८ अङ्क छ । पराजित नयाँबस्तीको सात खेलबाट पाँच अङ्क छ । लिगमा ‘बी’ डिभिजनका १४ टोलीबिच भिडन्त भइरहेको छ । लिगको विजेताले १५ लाख रुपियाँ, उपविजेताले १० लाख र तेस्रो हुनेले पाँच लाख रुपियाँ पुरस्कार पाउने आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । यस्तै ‘फेयर प्ले’ टोली र सर्वोत्कृष्ट खेलाडीलाई एक लाख तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...