नयाँबस्तीमाथि श्री भगवतीको सहज जित

Published on

काठमाडौँ । श्री भगवती क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा नयाँबस्ती युथ क्लबमाथि सहज जित निकालेको छ । एन्फा मैदान सातदोवाटोमा आइतबार भएको खेलमा श्री भगवतीले नयाँबस्तीलाई ३–० गोलले हरायो । एकपक्षीय जितका श्री भगवतीका लागि दिवश छन्त्यालले खेल सुरु भएको तेस्रो मिनेटमा गोल गर्नुभयो । सबै गोल पहिलो हाफमा सम्भव भएको खेलमा अमित लामाले १६औँ र विक्रान्तनरसिंह रानाले ३०औँ मिनेटमा गोल गर्नुभयो । जितसँगै दोस्रो स्थानमा रहेको श्रीभगवतीले सात खेलबाट १७ अङ्क बनाएको छ । एक खेल कम खेल्दै शीर्षस्थानमा रहेको प्लानिङ ब्वाइजको १८ अङ्क छ । पराजित नयाँबस्तीको सात खेलबाट पाँच अङ्क छ । लिगमा ‘बी’ डिभिजनका १४ टोलीबिच भिडन्त भइरहेको छ । लिगको विजेताले १५ लाख रुपियाँ, उपविजेताले १० लाख र तेस्रो हुनेले पाँच लाख रुपियाँ पुरस्कार पाउने आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । यस्तै ‘फेयर प्ले’ टोली र सर्वोत्कृष्ट खेलाडीलाई एक लाख तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...