तानाशाह पक्षको प्रदर्शन अपराध हो : अध्यक्ष प्रचण्ड

Published on

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तानाशाहको पक्षमा हुने प्रदर्शन आन्दोलन नभई अपराध रहेको बताउनुभएको छ। आइतबार विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नियोजित ढंगले हुने समाज विरोधी कार्यलाई आन्दोलन भन्न नमिल्ने बताउनुभएको हो। अध्यक्ष प्रचण्डले ठुला दलप्रति जनतामा घृणा नभएको उल्लेख गर्दै त्यसको तथ्य पछिल्ला विभिन्न निर्वाचनले देखाएको उल्लेख गर्नुभयो। ‘स्ववियु निर्वाचनदेखि पछिल्ला जुनसुकै निर्वाचनमा आएको परिणामले नै गणतन्त्रवादी शक्तिको पछाडि जनता रहेको स्पष्ट हुन्छ’, उहाँले भन्नुभयो।

उहाँले राजनीतिक दलमा उपचार आवश्यक रहेको बताउँदै आन्दोलनका बेलामा जस्तो पार्टी फ्रेस नभएको उल्लेख समेत गर्नुभएको छ। अध्यक्ष प्रचण्डले संविधानमा समीक्षा गर्नु आवश्यक र उपयुक्त बेला आएको बताउँदै नयाँ सांस्कृतिक क्रान्तिको आवश्यकता रहेको पनि बताउनुभएको छ। यसैगरी कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्व मुख्यमन्त्री केदार कार्की, भौतिक पूर्वाधार विकाश मन्त्री भूपेन्द्र राईले व्यवस्था रक्षाका लागि एकजुट हुनुपर्ने र जनता र संविधानका पक्षमा रहेर काम गर्नुपर्नेमा जोड दिनुभएको छ।

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...