पर्यटन विकास कार्यालय गौर दुई कर्मचारीको भरमा

Published on

काठमाडौँ । रौतहटको गौरमा रहेको पर्यटन विकास कार्यालय दुई जना कर्मचारीको भरमा चलेको छ । ती दुईमध्ये पनि कार्यालय प्रमुख दरबन्दी अनुसार प्रशासनको उपसचिव नभएको कारण सेवा प्रवाहमा समस्या भइरहेको स्थानीयको गुनासो छ । निमित्त कार्यालय प्रमुख तथा लेखा अधिकृत बाहेक २० जना करारका कर्मचारीबाट कार्यालय सञ्चालन भएको छ । रौतहट र सर्लाही कार्य क्षेत्र भएको यस कार्यालयको वार्षिक बजेट झन्डै ८५ करोड रहेको निमित्त कार्यालय प्रमुख सञ्जयकुमार मिश्रले बताउनुभयो । आर्थिक वर्ष २०८१/०८२ मा टेन्डर प्रक्रिया प्रक्रिया मार्फत सञ्चालन हुने योजना ३२ वटा तथा उपभोक्ता समिति मार्फत सञ्चालन हुने योजना १ सय २० वटा रहेको कार्यालयले जनाएको छ । टुक्र्याउनु पर्ने बाहेक अधिकांश योजनाको सम्झौता भई कार्य अघि बढे पनि स्थायी कर्मचारी नभएको कारण कार्य सम्पादनमा असर परिरहेको निमित्त कार्यालय प्रमुख मिश्रले बताउनुभयो ।

स्थायी कर्मचारी नहुँदा हरेक कामको आफैले अनुगमन गर्नुपर्ने बाध्यता समेत रहेकोले कार्यालयको सेवा प्रवाहमा समस्या आइरहेको बताउनु हुँदै निमित कार्यालय प्रमुख मिश्रले स्वीकृत दरबन्दी अनुसार कर्मचारी व्यवस्थापनमा मन्त्रालयले चासो लिनु पर्ने बताउनुभयो । कार्यालयले मठ मन्दिर सौन्दर्यीकरण, धर्मशाला विवाह भवन निर्माण, ताल पोखरी सौन्दर्यीकरण पर्यटकिय क्षेत्रको सौन्दर्यीकरण लगायतका क्षेत्रमा काम गरिरहेको जनाएको छ। कर्मचारी अभावमा दरबन्दी अनुसारको कार्यालय प्रमुख खटाउन नसकेको स्वीकार्नु हुँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय जनकपुरधामका सचिव जयकुमार घिमिरेले रौतहट र सर्लाहीबाट यस विषयमा धेरै गुनासो आइसकेकोले केहि दिनमै दरबन्दी अनुसारको कार्यालय प्रमुख सहित अन्य कर्मचारी मन्त्रालयले खटाउने तयारी गरिरहेको बताउनुभयो ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...