सामाजिक रुपान्तरणमा अध्यक्ष नेपालको जोड

Published on

काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राष्ट्रिय पूँजीको विकास गरी उद्योगका माध्यमबाट जनताको आर्थिक तथा सामाजिक रुपान्तरण गर्नुपर्ने बताउनुभएको छ । लोकतन्त्र दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले लामो सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालमा नै आर्थिक विकासका माध्यमबाट सामाजिक रुपान्तरण गर्न सकिने बताउनुभएको छ । निरङ्कुशता कदापि स्वीकार्य नहुने बताउँदै अध्यक्ष नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा सबै वर्ग, जाति समुदाय, धर्मावलम्बीलाई सामाजिक न्याय, समानता, राजनीतिक तथा आर्थिक अधिकार स्थापित गराउन सहज हुने सन्देशमा उल्लेख गर्नुभएको छ । रासस

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...