आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता सुरु

Published on

काठमाडौँ । निजी मेडिकल कलेजको स्नातक (पीजीमा)का आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता सुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आन्दोलनरत चिकित्सक र स्वास्थ्यमन्त्री प्रदिप पौडेलबिच वार्ता सुरु भएको हो । नेपाल चिकित्सा शिक्षा आयोगको १६ औँ बैठक अनुसार सरकारी आठौँ तह बराबरको भत्ता दिन माग गर्दै आवासीय चिकित्सक २९ औँ दिनदेखि आन्दोलनमा उत्रिनुभएको छ । २९ औँ दिनसम्म पनि आवासीय चिकित्सक सडकमा उत्रिदासम्म राज्यबाट कुनै सुनुवाइ नभएपछि नेपाल चिकित्सक संघले बिहीबार देशभरका सम्पूर्ण चिकित्सकले स्वास्थ्य मन्त्रालय र जिल्ला प्रशासन घेराउ गर्ने कार्यक्रम तय भएको थियो । सोही कार्यक्रम अनुसार चिकित्सक माइतीघरमा भेला भएर नारा लगाउँदै स्वास्थ्य मन्त्रालय घेराउ गर्न अगाडि बढ्ने क्रममा प्रहरीले आन्दोलनरत चिकित्सकलाई अघि बढ्नबाट रोक लगाएको थियो ।

आन्दोलनरत चिकित्सकका केही प्रतिनिधिहरू हाल स्वास्थ्य मन्त्रालयमा वार्ताका लागि जानुभएको हो । यदि २४ घण्टाभित्र आवासीय चिकित्सक माग सम्बोधन नभएर शुक्रबार आकस्मिक बाहेकका सेवा रोक्न बाध्य हुने संघका अध्यक्ष डा।अनिल विक्रम कार्कीले चेतावनी दिनुभयो छ । चिकित्सा शिक्षा आयोगको १६औं बैठकमा आवासीय चिकित्सकलाई सरकारी आठौँ तह बराबरको निर्वाह भत्ता दिन निर्देशन दिएको थियो । तर निजी मेडिकल कलेजले आठौँ तहसहर भत्ता दिन नसक्ने बताउँदै आएका छन् । यो समस्या समाधान गर्न आयोगलेको १८ औँ बैठकले शिक्षा सचिव दिपक काफ्लेको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको छ । उक्त कार्यदलले वैशाख १५ गते अधिकतम सिट सङ्ख्या र शुल्क कतिसम्म पुर्‍याउन सकिन्छ भन्ने विषयमा प्रतिवेदन तयार गरी बुझाउनु पर्ने छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...