आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता सुरु

Published on

काठमाडौँ । निजी मेडिकल कलेजको स्नातक (पीजीमा)का आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता सुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आन्दोलनरत चिकित्सक र स्वास्थ्यमन्त्री प्रदिप पौडेलबिच वार्ता सुरु भएको हो । नेपाल चिकित्सा शिक्षा आयोगको १६ औँ बैठक अनुसार सरकारी आठौँ तह बराबरको भत्ता दिन माग गर्दै आवासीय चिकित्सक २९ औँ दिनदेखि आन्दोलनमा उत्रिनुभएको छ । २९ औँ दिनसम्म पनि आवासीय चिकित्सक सडकमा उत्रिदासम्म राज्यबाट कुनै सुनुवाइ नभएपछि नेपाल चिकित्सक संघले बिहीबार देशभरका सम्पूर्ण चिकित्सकले स्वास्थ्य मन्त्रालय र जिल्ला प्रशासन घेराउ गर्ने कार्यक्रम तय भएको थियो । सोही कार्यक्रम अनुसार चिकित्सक माइतीघरमा भेला भएर नारा लगाउँदै स्वास्थ्य मन्त्रालय घेराउ गर्न अगाडि बढ्ने क्रममा प्रहरीले आन्दोलनरत चिकित्सकलाई अघि बढ्नबाट रोक लगाएको थियो ।

आन्दोलनरत चिकित्सकका केही प्रतिनिधिहरू हाल स्वास्थ्य मन्त्रालयमा वार्ताका लागि जानुभएको हो । यदि २४ घण्टाभित्र आवासीय चिकित्सक माग सम्बोधन नभएर शुक्रबार आकस्मिक बाहेकका सेवा रोक्न बाध्य हुने संघका अध्यक्ष डा।अनिल विक्रम कार्कीले चेतावनी दिनुभयो छ । चिकित्सा शिक्षा आयोगको १६औं बैठकमा आवासीय चिकित्सकलाई सरकारी आठौँ तह बराबरको निर्वाह भत्ता दिन निर्देशन दिएको थियो । तर निजी मेडिकल कलेजले आठौँ तहसहर भत्ता दिन नसक्ने बताउँदै आएका छन् । यो समस्या समाधान गर्न आयोगलेको १८ औँ बैठकले शिक्षा सचिव दिपक काफ्लेको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको छ । उक्त कार्यदलले वैशाख १५ गते अधिकतम सिट सङ्ख्या र शुल्क कतिसम्म पुर्‍याउन सकिन्छ भन्ने विषयमा प्रतिवेदन तयार गरी बुझाउनु पर्ने छ ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...