कैदीबन्दीलाई सिलाइकटाइ तालिम

Published on

काठमाडौँ । जिल्ला कारागारका कैदीबन्दीलाई सिलाइकटाइ तालिम दिन सुरु गरिएको छ । पर्यटन तथा उद्योग कार्यालयको आयोजनामा पुरुष कैदीबन्दीहरूको सीप क्षमता विकास, आयआर्जन, व्यवसायिक तथा आत्मनिर्भर बनाउने उद्देश्यले आजदेखि एक महिनाको सिलाइकटाइ तालिम सञ्चालन गरिएको हो । पर्यटन तथा उद्योग कार्यालयको आार्थिक सहयोग तथा कारागार शाखाको व्यवस्थापनमा १० पुरुष कैदीबन्दीलाई तालिम दिइने कारागार शाखा मुस्ताङका निमित्त प्रमुख लालबाबु सहनीले जानकारी दिनुभयो । कारागारभित्र कुल १२ कैदीबन्दी रहेकामा दुई जना कैदीबन्दी वृद्ध भएका कारण तालिममा सहभागी हुन नसकेको निमित्त प्र्रमुख सहनीले बताउनुभयो । कैदीबन्दीलाई तालिम दिन एक प्रशिक्षकसहित सिलाईकटाइसम्बन्धी सामग्री कार्यालयले उपलब्ध गराएको पर्यटन तथा उद्योग कार्यालय प्रमुख प्रेम पौडेलले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि र घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले संयुक्त रूपमा तालिमको आज उद्घाटन गर्नुभयो । रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...