अन्तर्राष्ट्रिय गुरुङ परिषद्को पहिलो सम्मेलन : शनिबारदेखि सुझाव सङ्कलन हुँदै

Published on

काठमाडौँ । अन्तर्राष्ट्रिय गुरुङ बुद्धिजम परिषद्, नेपालको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन आगामी असोज ९ र १० गते काठमाडौंमा आयोजना हुँदैछ । परिषद्ले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी महाधिवेशनले ‘गुरुङ बुद्धिजम’ को अवधारणा र यसले अपनाउने संस्कार, संस्कृतिका बारेमा विस्तृत छलफल गरी ‘गुरुङ बुद्धिजम पेक्ष्या’ नामक निर्देशिका जारी गर्ने बताएको छ । परिषद्का अध्यक्ष डा. कुमार गुरुङले सो सम्मेलनको तयारी स्वरुप वैशाख १३ गते काठमाडौँको तमू बौद्ध सेवा समिति, वैशाख १५ गते पोखरास्थित बौद्ध अर्घौं सदन, वैशाख १६ गते पोखराको पार्दी तमू समाज र वैशाख २० गते झापाको माइधारस्थित गुरुङ गुम्बामा पूर्व क्षेत्रका गुरुङ समुदायका सदस्य तथा लामा गुरुङहरुसँग बौद्ध धर्म र गुरुङ संस्कार, संस्कृतिबारे विस्तृत छलफल तथा सुझाव सङ्कलन कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयो ।

यसैगरी, नेपाल, भारत भुटान र संयुक्त राज्य अमेरिका गरी चार देशका प्रतिनिधिहरुसँग जेठ ३ गते भारतको सिलगुढीमा, जेठ ४ गते सिक्किमको मेघीडाँडास्थित रिन्छेनछोइलिङ गुम्बा, जेठ ५ मा गान्तोक, जेठ ६ गते याङ–याङ लगायत भारतका दर्जलिङ र खर्साङमा अन्तरक्रिया एवम् छलफल कार्यक्रम आयोजना गरिने उहाँको भनाइ छ । उहाँले आगामी दिनमा परिषद्ले गुरुङ लामाहरुको शिक्षा दिक्षाका क्रममा बौद्ध दर्शनसँगै गुरुङ पेक्ष्याको पनि प्रशिक्ष दिने गरी योजना बनाएको जानकारी दिनुभयो । कार्यक्रममा अन्तर्राष्ट्रिय गुरुङ बुद्धिजम परिषदका उपाध्यक्ष एवम् राष्ट्रिय गुरुङ बुद्धिजम परिषद् नेपालका अध्यक्ष ध्रुवबहादुर गुरुङ, परिषद्का उपाध्यक्ष डा. छम्प मेघी लामा गुरुङ, महासचिव पुष्पबहादुर गुरुङ उपस्थित हुनुभएको थियो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...