बुद्धका शिक्षाको महत्त्व बढ्दै गएको छ : प्रधानमन्त्री

Published on

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धको शान्तिका विचारहरूलाई संसारभर अघि बढाउने बेला आएको बताउनुभएको छ ।लुम्बिनी विकास कोष र सारिपुत्र फाउन्डेसनको संयुक्त आयोजनामा शनिबार लुम्बिनीमा भएको चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले संसारमा अशान्ति मच्चिरहेको बेला बुद्धका विचारहरूको महत्त्व बढ्दै गएको जानकारी दिनुभयो । साथै उहाँले बुद्धको शान्तिका विचारहरूलाई संसारभर अघि बढाउने बला आएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले संसारमा खतरनाक किसिमका हतियार निर्माण भएको छ, युद्धबाट युद्धले शान्तिको सम्भावना हुँदैन त्यसैले आजको सबैभन्दा बढी आवश्यकता शान्ति भएका कारण बुद्धका शिक्षाहरूको महत्त्व झन् बढ्दै गएको बताउनुभयो ।उहाँका अनुसार संसारमा एकातर्फ अशान्ति मच्चिरहेको बेला अर्को तर्फ नेपालको अगुवाइमा गौतमबुद्धका महत्त्वपूर्ण विचारहरू शान्ति, मानवता र करुणा विस्तार भइरहेको छ । चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको उद्घाटन कार्यक्रम लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाको अध्यक्षतामा भएका थियो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा ४० देशका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...