लोबुचे हिमालको शिखरमा सशस्त्र प्रहरीको झण्डा

Published on

काठमाडौँ । सशस्त्र प्रहरी जवान विजय जङ्गमले लोबुचे हिमालको शिखरमा सशस्त्र प्रहरीको झण्डा फहराउनु भएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सह प्रवक्ता शैलेन्द्र थापाले उहाँले आइतबा बिहान ७ः१२ बजेको समयमा ६ हजार १ सय मिटर अग्लोे हिमालको शिखरमा सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराउनुभएको जानकारी दिनुभयो । उहाँका अनुसार सशस्त्र प्रहरी जवान विजय जंङ्गम लोबुचे हिमाल आरोहणका लागि यही वैशाख २ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । पछिल्लो समय सशस्त्र प्रहरी बल नेपालले उच्च हिमाली भेगहरूमा खोज तथा उद्धार गर्नसक्ने जनशक्तिको विकासमा तथा उत्तरी सिमानामा सशस्त्र प्रहरी बलको परिचालनमा जोड दिँदै आइरहेको छ । मनाङ जिल्लामा रहेको पर्वतीय उद्दार तालिम शिक्षालयमा समेत हिमाली खोज तथ उद्दार गर्नसक्ने जनशक्ति उत्पादनका लागि तालिम सञ्चालन भइरहेको छ ।

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...