लुम्बिनीमा २५ सयभन्दा बढी घरेलु उद्योग दर्ता

Published on

काठमाडौँ । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्ष २०८१/०८२ को नौ महिनामा दुई हजार पाँच सय बढी घरेलु तथा साना उद्योगहरु दर्ता भएका छन् । लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/०८२ को असारदेखि चैत महिनासम्म प्रदेशका १२ जिल्लाहरुमा दुई हजार पाँच सय ७९ वटा घरेलु तथा साना उद्योगहरु दर्ता भएका मन्त्रालयका सूचना अधिकारी सन्तोष सुवेदीले जानकारी दिनुभएको छ । सूचना अधिकारी सुवेदीका अनुसार प्रदेशका १२ जिल्लामध्ये रुपन्देहीमा सबैभन्दा बढी छ सय ८० वटा घरेलु तथा साना उद्योग दर्ता भएका छन् । त्यसैगरी बाँकेमा पाँच सय २६ वटा, दाङमा तीन सय २८ वटा, नवलपरासी पश्चिममा दुई सय ५२ वटा, कपिलवस्तुमा दुई सय ६६ वटा, बर्दियामा दुई सय ४० वटा, पाल्पामा ६४ वटा, गुल्मीमा ४२ वटा, अर्घाखाँचीमा ५८ वटा, प्युठानमा २५ वटा, रोल्पामा ६२ वटा उद्योग र रुकुम पूर्वमा ३६ उद्योग दर्ता भएका छन् । दर्ता हुनेमा अधिकांस कृषि तथा पर्यटनसँग सम्वन्धी घरेलु उद्योगहरु रहेको सूचना अधिकारी सुवेदीले बताउनुभएको छ ।

प्रदेशमा नौ महिनाकै अवधिमा एक हजार छ सय ९५ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् । बन्द हुनेमा रुपन्देहीमा दुई सय ७८ वटा, दाङमा दुई सय ७० वटा, बाँकेमा एक सय ८८ वटा, नवलपरासी पश्चिममा एक सय ३४ वटा, कपिलवस्तुमा एक सय ५९ वटा, बर्दियामा एक सय १५ वटा, पाल्पामा एक सय ७८ वटा, गुल्मीमा दुई सय चार वटा, अर्घाखाँचीमा १६ वटा, प्युठानमा ४४ वटा, रोल्पामा ९० वटा र रुकुम पूर्वमा १९ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् । सूचना अधिकारी सुवेदीका अनुसार यो सङ्ख्या जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालयहरुमा पुगेर उद्योग बन्द गराउनेहरूको रहेको बताउनुभयो । आर्थिकमन्दीको प्रभावसँगै युवा जनशक्ति विदेश पलायनलगायतका कारण स्वदेशमा सञ्चालन भएका अधिकांश साना उद्योगहरु बन्द भएको भन्दै सुचना सुवेदीले भन्नुभयो, ‘‘भित्री कारण अन्य भए पनि उद्योग दर्ता खारेजीका लागि अधिकांसले आर्थिकमन्दीको असरसँगै विदेश जाने भएका कारण बन्द गर्नुपर्ने अवस्था आएको बताउने गरेका छन ।’’

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...