स्थानीय तहसम्म आपतकालीन गोदामघर बनाऔंः गृहमन्त्री लेखक

Published on

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि स्थानीय तहसम्म आपतकालीन गोदामघर स्थापना गर्नुपर्नेमा जोड दिनुभएको छ । आइतबार गृहमन्त्रीसँग विपद् संवाद शुभारम्भ कार्यक्रममा बोेल्दै मन्त्री लेखकले विपद्सित सबैभन्दा बढी स्थानीय तह नजिक हुने गरेको भन्दै त्यसलाई मजबुद बनाउन आवश्यक रहेको जोडदिनुभयो । “काठमाण्डौमा तपाई हामी बसेर नीति निर्माण गर्ने हो ।” गृहमन्त्री लेखकले भन्नुभयो–“ तर यसलाई लागू गर्ने भनेको स्थानीय तहले नै हो ।”

उहाँले हरेक स्थानीय तहमा आपतकालीन गोदामघर स्थापना गरेर त्यसमा आधारभूत सामाग्रीहरु राख्नुपर्ने बताउनुभयो ।
“ प्रत्येक पालिकमा गोदामघर बनाऔं, त्यो भनेको छुट्टै घर, जग्गा, गोदाम बनाउनुस् भनेको होइन । प्रत्येक पालिकाका आफ्ना कार्यालय छन् नी त्यो कार्यालयको एउटा कोठालाई गोदामघर भनेर तोकिदिए हुन्छ ।” मन्त्री लेखकले भन्नुभयो–“ त्यसमा आधारभूत सामाग्री राखौं । ती गोदामघरलाई संघ र प्रदेश सरकारले पनि आवश्यक सहयोग गरौं । तर आधार स्थानीयलाई बनाऔं । हामी सबै त्यसमा जट्नुपर्छ ।”

उहाँले चार वटा प्रदेशमा आपतकालीन गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको जानकारी दिँदै काठमाण्डौं बाहेक अन्य गोदामघर पनि केही समयभित्रै प्रदेश सरकारलाई हस्तान्तरण गरिने जानकारी दिनुभयो । “ प्रदेशका विमानस्थलमा स्थापना गरिएका गोदामघरबाट विपद्का बेला एउटा कम्बल झिक्न पनि काठमाण्डौंमा प्राधिकरणसित समन्वय गर्नुपर्ने स्थिती थियो ।” उहाँले भन्नुभयो–“ अहिले नीतिगत निर्णय गर्दै सबै अधिकार प्रदेश सरकारलाई दिएर गोदामघर हस्तान्तरण गरिँने काम भएको छ ।”

विपद् व्यवस्थापनको विषयमा सञ्चार जगतको ठूलो भूमिका रहने उहाँको भनाइ थियो । “ विपद्को विषय सम्बोधन हुनका लागि पूर्वसूचना समयमा हुनुपर्‍यो ।” उहाँले भन्नुभयो–“ विपद्का बेला गरिने प्रतिकार्य, राहत, पुर्ननिर्माण र पुर्नस्थापन महत्वपूर्ण विषय हुन् ।” उहाँले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संगठित हुनुपर्नेमा जोड दिनुभयो । “तपाईहरुले सिकेका ज्ञान, सिप र अनुभवले यो क्षेत्रलाई व्यवस्थित गर्न, नागरिकलाई यो जोखिमबाट जोगाउने काम गर्न सक्छौं ।” लेखकले भन्नुभयो–“ त्यसका लागि संगठित रुपले अगाडी बढ्न सके परिणाम दिनेछ । जोखिम न्युनीकरण गर्न काम गर्न सकिन्छ ।”

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...