लिभरपुल चार खेल अगावै च्याम्पियन

Published on

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि लिभरपुलले जितेको छ । घरेलु मैदान एनफिल्डमा आइतबार राति भएको ३४औँ खेलमा टोट्टनहामलाई ५–१ गोलले हराउँदै लिभरपुल च्याम्पियन बनेको हो । लिभर लिगको चार खेल अगावै च्याम्पियन बन्यो । खेलमा सुरुवाती अग्रता भने टोट्टनहामले लिएको थियो । १२औँ मिनेटमा डोमिनिक सोलान्केले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाउनुभयो । तर चार मिनेटलगत्यै लुइस डिआजले बराबरी गोल गर्दै लिभरपुललाई खेलमा फर्काउनुभयो ।

त्यसपछि एलिस्टर म्याक एलिस्टरले २४औँ, कोडी गाक्पोले ३४औँ, मोहम्मद सलाहले ६३औँ मिनेटमा गोेल गर्नुभयो । लिभरपुलले पाँचौँ गोल ६९औं मिनेटमा विपक्षी डेस्टिनी उडोगीले आत्माघाती गोल उपहार पाएको थियो । जितसँगै लिभरपुलले ३४ खेलबाट ८२ अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको आर्सनलको समान खेलबाट ६७ अङ्क छ । च्याम्पियन लिभरपुलले २५ खेलमा जित, दुई हार र बाँकी बराबरी खेल्यो । लिग जित्ने क्रममा ८० गोल गर्दा ३२ गोल खाएको थियो । पराजित टोट्टनहाम ३७ अङ्कसहित १६औँ स्थानमा छ । एजेन्सी

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...