लिभरपुल चार खेल अगावै च्याम्पियन

Published on

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि लिभरपुलले जितेको छ । घरेलु मैदान एनफिल्डमा आइतबार राति भएको ३४औँ खेलमा टोट्टनहामलाई ५–१ गोलले हराउँदै लिभरपुल च्याम्पियन बनेको हो । लिभर लिगको चार खेल अगावै च्याम्पियन बन्यो । खेलमा सुरुवाती अग्रता भने टोट्टनहामले लिएको थियो । १२औँ मिनेटमा डोमिनिक सोलान्केले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाउनुभयो । तर चार मिनेटलगत्यै लुइस डिआजले बराबरी गोल गर्दै लिभरपुललाई खेलमा फर्काउनुभयो ।

त्यसपछि एलिस्टर म्याक एलिस्टरले २४औँ, कोडी गाक्पोले ३४औँ, मोहम्मद सलाहले ६३औँ मिनेटमा गोेल गर्नुभयो । लिभरपुलले पाँचौँ गोल ६९औं मिनेटमा विपक्षी डेस्टिनी उडोगीले आत्माघाती गोल उपहार पाएको थियो । जितसँगै लिभरपुलले ३४ खेलबाट ८२ अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको आर्सनलको समान खेलबाट ६७ अङ्क छ । च्याम्पियन लिभरपुलले २५ खेलमा जित, दुई हार र बाँकी बराबरी खेल्यो । लिग जित्ने क्रममा ८० गोल गर्दा ३२ गोल खाएको थियो । पराजित टोट्टनहाम ३७ अङ्कसहित १६औँ स्थानमा छ । एजेन्सी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...