३४ सय मिटरको उचाइमा पर्यटन महोत्सव आयोजना

Published on

काठमाडौँ । ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा ‘सिरिजङ्घा पर्यटन महोत्सव–२०८२’ आयोजना गरिएको छ । कञ्चनजङ्घा क्षेत्रअन्तर्गत करिव तीन हजार चार सय मिटर उचाइ रहेको सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनको झोरेनीमा महोत्सव आयोजना गरिएको हो । कञ्चनजङ्घामा पर्यटक भित्र्याउने मुख्य उद्देश्य राखेर झोरेनीमा तीन दिने पर्यटन महोत्सव आयोजना गरिएको हो । सिरिजङ्घा गाउँपालिकाले आयोजना गरेको पर्यटन महोत्सव सोमबार सम्पन्न भएको छ । जलवायु परिर्वतनले हिमालमा पारिरहेको असर साथै लोपोन्मुख हिमाली जीवजन्तुको अवस्था पहिचान गरी संरक्षणको उपाय अवलम्बन गर्दै पर्यटन प्रवर्धन गर्न महोत्सव आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष डा। चित्रकुमार माबोले बताउनुभयो ।

उपाध्यक्ष डा। माबोका अनुसार कञ्चनजङ्घा क्षेत्रमा पाइने दुर्लभ तथा लोपोन्मुख वन्यजन्तु रेडपान्डा ९हाब्रे०, हिमचितुवासहित झारल, मुनाल, कस्तुरी, डाँफेजस्ता जीवजन्तुको पहिचान गरी संरक्षण गर्नु महोत्सवको उद्देश्य रहेको छ । कञ्चनजङ्घा हिमालसँगै दुर्लभ वन्यजन्तुको संरक्षण गरी पर्यटकलाई आकर्षित गर्ने वातावरण निर्माण गर्नु महोत्सवको लक्ष्य रहेको पनि उहाँले बताउनुभयो । गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले महोत्सवको सन्देशमार्फत कञ्चनजङ्घा हिमालको थप प्रचारप्रसार हुनेमा स्थानीय सरकार विश्वस्त रहेको बताउनुभयो । कञ्चनजङ्घा क्षेत्रको प्रचारप्रसारमा व्यापकतासँगै भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुने अपेक्षा राखिएको पनि गाउँपालिका अध्यक्ष चौहानले बताउनुभयो ।

पर्यटन महोत्सवलाई आकर्षित बनाउन साहसिक पदयात्रा, हाफ खुला म्याराथन प्रतियोतिगा, याक तथा चौंरी प्रदर्शनीजस्ता कार्यक्रम राखिएका थिए । याक चौंरी प्रदर्शनी कार्यक्रमका कारण हिमाली भेगमा याकचौंरी पालन गर्दै आएका किसान महोत्सवप्रति आकर्षित भएका स्थानीय युवा नेतृत्व कैलास माबोले बताउनुभयो । माबोका अनुसार साहसिक खुला हाफ म्याराथन प्रतियोगिता राखिएकाले स्थापित धावकहरुको समेत सहभागिता रहेको थियो । उहाँकाअनुसार करिव चार हजार पाँच सय मिटरसम्मको उचाइमा साहसिक म्याराथन आयोजना गरिएको छ ।

यता म्याराथनका विजेता प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः दुई लाख आठ हजार ५८६, एक लाख आठ हजार ५८६ र ५८ हजार ५८६ रुपियाँ नगद पुरस्कार प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले जानकारी दिनुभयो । उहाँका अनुसार याकचौंरी प्रदर्शनीमा सहभागी भई प्रथम हुनेलाई २८ हजार ५८६ रुपियाँ र अन्य प्रदर्शनीमा सहभागिता जनाउने सबैलाई आठ हजार ५८६ रुपियाँका दरले सान्तवना पुरस्कार प्रदान गरिएको छ । कञ्चनजङ्घाको उचाइअनुसार पुरस्कार राशिको अन्ति अङ्क निर्धारण गरिएको हो ।

महोत्सव कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गामको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको छ । मन्त्री हाङ्गामले समापन समारोहलाई सम्बोधन गर्नुहुँदै कञ्चनजङ्घाको काखमै महोत्सव आयोजना गरिएकाले भ्रमणका लागि पर्यटक थप आकर्षित हुने र समग्र पर्यटन प्रवर्धन तथा विकासमा सहयोग पुग्ने भनाइ राख्नुभयो । उहाँले हिमाल आरोहण नभई कञ्चनजङ्घा क्षेत्र अत्यन्तै सुन्दर भएकाले भ्रमण गर्न मात्र भए पनि पर्यटकलाई आउन आग्रह गर्नुभएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...