आवश्यकताको आधारमा समय सापेक्ष ऐन कानुन संशोधन हुनुपर्छः श्रममन्त्री

Published on

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आवश्यकताको आधारमा ऐन कानुन समय सापेक्ष परिवर्तन हुनुपर्ने बताउनुभएको छ । सोमबार काठमाडौँमा अखिल नेपाल ट्रेड यूनियनद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले कुनै पनि ऐन कानुन सेवा प्रदान गर्ने हेतु सहुलियत र सहजताका लागि भएको हुना समय सापेक्ष र आवश्यकताका आधार ऐन र कानुनहरू परिवर्तन हुनुपर्ने बताउनुभयो । अहिले श्रम ऐन संशोधन प्रक्रियामा अगाडि बढेको जिकिर गर्नुहुँदै सरोकारवालाहरूको सहमतिमा बनाएका ऐन र कानुनहरू सबै पक्ष मिलेर अनिवार्य लागु गर्नुपर्नेमा उनले जोड दिनुभयो ।

मन्त्री भण्डारीले सबै सरोकारवालाको सहकार्य र सहमतिमा बनाइएको ऐन लागु गर्ने दायित्व पनि सबैको भएको बताउनुभयो । उहाँले वर्तमान श्रम ऐनमा के के कुराहरू व्यवहारिक छैन त्यसका बारेमा गम्भीर छलफल गरी सुझाव दिन पनि आग्रह गर्नुभयो । सरकार ऐन कानुन लागु गर्न तयार रहेको स्पष्ट पार्दै त्यसका लागि ट्रेड यूनियनहरू पनि एक ढिक्का भएर अगाडि बढनु पर्नेमा मन्त्री भण्डारीले जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘‘सरकार ऐन कानुन लागु गर्न तयार छ, ट्रेड यूनियनहरू पनि त्यसका लागि तयार हुनुपर्छ ।’’ ट्रेड यूनियनद्वारा श्रमिक आयोग गठनको माग अगाडि सारिएको माग जायज रहेको जिकिर गर्नुहुँदै उहाँले त्यसका लागि आवश्यक पहल लिन समेत सुझाएको जानकारी दिनुभयो । यसका लागि सबै ट्रेड यूनियनमा आबद्ध सङ्घ संस्थाहरू एक ढिक्का भएर अगाडि बढनुपर्ने उहाँको भनाइ छ । एक अर्को प्रसंगमा मन्त्री भण्डारीले कुनै पनि नेपाली कामदार देश बाहिर कहिकतै दुःख पाए त्यसका लागि सरकार जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘कुनै पनि नेपाली महिला वा पुरुष श्रमिक देश बाहिर श्रम स्वीकृति बिना काम गर्ने वातावरणको अन्त्य हुनुपर्छ, तिनीहरूलाई श्रम स्वीकृति लिने वातावरण बताउन सबै मिलेर काम गर्नुपर्छ ।’’

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...