राप्रपाका उपाध्यक्ष मिश्रमाथि दुर्व्यवहार गरिएको भन्दै सरकारको ध्यानाकर्षण

Published on

काठमाडौँ । रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रमाथि प्रहरीले दुर्व्यवहार गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै सांसद झाले मिश्रको व्यवहार र विचारप्रति सहमति नभए पनि राज्यले उनीहरूमाथि गरिराखेको व्यवहारप्रति विमति रहेको बताउनुभयो । उहाँले पार्टीका सभापति रवि लमिछानेमाथि राज्यले प्रतिशोध साँधेको प्रधानमन्त्रीले नै स्वीकार गरेको टिप्पणी समेत गर्नुभयो । उहाँले नयाँ दलबाट आएका केहीलाई ठिक पार्नु थियो एक झापो लगाए हिरासतमा पुर्‍याएँ भन्दै प्रधानमन्त्रीले स्वीकार गरिसकेको भन्दै आइन्दा कोही पनि विवाद गर्न नआउन उहाँको आग्रह छ ।

‘‘रविन्द्र मिश्रज्युको व्यवहार र विचारप्रति मेरो सहमति नहोला । तर उहाँमाथि राज्यले गरिराखेको दुर्व्यवहारप्रति मेरो घोर विमति छ । त्यो व्यवहारमा सरकार सच्चियोस् । म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।,’’ उहाँले भन्नुभयो, ‘‘यही १४ गते काठमाडौँमा सम्माननीय प्रधानमन्त्रीज्युले एउटा स्टेटमेन्ट दिनुभयो । नयाँ दलबाट आएका केहीलाई ठिक पार्नु थियो, एक झापो लगाए हिरासतमा पुर्‍याएँ । उहाँलाई धन्यवाद छ स्वीकार्नु भयो कि राजनीतिक प्रतिशोध नै रहेछ । आग्रह गर्न चाहन्छु आइन्दा यो विषयमा विवाद गर्न नआउनु होला ।’’ आफूलाई सुशासनको हवाला दिने सरकारले १० महिनासम्म सम्पति विवरण किन नबुझाएको ? भन्दै उहाँले प्रश्न गर्नुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...