विद्युत् उत्पादन बढाएर मुलुकको अर्थतन्त्र सुधार गर्न आग्रह

Published on

काठमाडौँ । सांसद पशुपतिशमशेर जबराले विद्युत् उत्पादन बढाएर मुलुकको अर्थतन्त्र सुधार गर्न आग्रह गर्नुभएको छ । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद जबराले मुलुकको राजस्वले सामान्य खर्च पनि धान्न नसक्ने र विदेशबाट युवाले पठाएको ‘रेमिट्यान्स’का भरमा मुलुकको अर्थतन्त्र धानेको उल्लेख गर्दै अर्थतन्त्र सुधार गर्न विद्युत् उत्पादन बढाउनुपर्ने सुझाव दिनुभयो । “उत्पादन बढाएर विद्युत् निर्यातबाट मुलुकको अर्थतन्त्र सुधार गर्नुपर्छ । विद्युत् उत्पादन बढाउन स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्न जरुरी छ”, उहाँले भन्नुभयो–“हालसम्म भएको सम्झौताअनुसार १० हजार मेगावट विद्युत् भारतलाई बिक्री गर्ने सम्झौता भएको छ । यसबाहेकको विद्युत् कहाँ निर्यात गर्ने भन्नेबारे सदनलाई जानकारी गराउनुपर्छ ।”

सांसद मेटमणि चैधरी र वीरेन्द्रप्रसाद महतोले विगतमा शिक्षकसँग भएका सम्झौता कार्यान्वयन गर्न सरकारसँग माग गर्नुभयो । लगानीकर्ताका लागि लगानीको वातावरण बनाउन झन्झटिला प्रावधान हटाउनुपर्नेमा उहाँले जोड दिनुभयो । सांसद रामप्रकाश चौधरीले जनकपुर र वीरगञ्जको बीचमा नदीमा पुल बनाउन बजेट अभाव भएकाले आगामी आर्थिक वर्षको बजेटमा प्राथमिकतामा राख्न सरकारसँग माग गर्नुभयो । सांसद पे्रम सुवालले शिक्षकहरुसँग सम्झौता गर्ने तर कार्यान्वयन नहुँदा समस्या भएको बताउनुभयो । “सम्झौता गर्दा मुलुकलाई पर्ने आर्थिक भारबारे पहिला नै ख्याल गर्नुपर्छ”, उहाँले भन्नुभयो । सहकारी पीडितका समस्या समाधान गर्न समेत सांसद सुवालले माग गर्नुभयो ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...