गुमनाम झारकोटको तोरा ताल

Published on

काठमाडौँ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १ झारकोट गाउँमा रहेको तोरा ताल पर्यटकको पर्खाइमा छ । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर जाने सडकखण्डबाट करिब २ मिनेटको दुरीमा रहेको तालबाट धौलागिरि, थोरङ्ला पिक, होङ्दे पश्चिम लगायत हिमशृंखलाको छायाँ स्पष्टै देखिन्छ । प्राकृति सुन्दरताले युक्त हुनुका साथै धार्मिक तथा जैविक विविधताको महत्व रहेको समुद्री सतहदेखि पैतिस सय मिटरको उचाइमा अवस्थित ताल संरक्षणको अभावमा मौलिक स्वरुप नासिदै गएको छ । वर्षेनी नागको पूजाआजा गरिने प्राकृतिकरुपमा बनेको तोरा तालको भू बनोट देख्नेहरू आर्कषित हुने गरेको स्थानीयबासी पाल्गेन गुरूङले बताउनुभयो । झारकोट गाउँबाट करिब २ मिनेटको दुरीमा रहेको ताल आसपासका पहाड र हिमालको छायाँ ऐना हेरेजस्तै स्पष्टै देख्न सकिने भएकाले पनि प्रचारप्रसार र पूर्वाधार विस्तार गर्न सकेमा पर्यटकको आगमन हुने गुरूङको भनाइ छ ।

ताल नजिकै रहेको मुहानको संरक्षण तथा आसपासका घुम्न आउने पर्यटकको बसाई लम्बाउने पूर्वाधार विस्तार गर्ने योजना रहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका प्रबक्ता एवम् वडा अध्यक्ष प्रमेश गुरूङले बताउनुभयो । प्रवक्ता गुरूङले भन्नुभयो, ‘‘ताल वरपरको क्षेत्रमा पर्यटकलाई आवश्यक पूर्वाधार बनाउन आगामी आवमा बजेट विनियोजन गर्ने योजना छ, तालको अस्तित्वलाई जोगाउन समुदायले पनि चासो देखाउनुभएको छ ।’’ ताल आसपासका क्षेत्रमा बस्ती नभएकाले नियमित रेखदेखमा समस्या भएको बताउँदै वडा अध्यक्ष गुरूङले समुदायबाट तालको संरक्षण तथा प्रर्वधनका लागि समिति समेत बनाउने बताउनुभयो ।

झारकोट गाउँमा करिब ५० घरधुरी रहेको छ । तालमा पछिल्लो समय टिकटक बनाउने, सेल्फी खिच्ने पर्यटक जान थालेपछि चहलपहल भएपनि दैनिक १ सयभन्दा बढी पर्यटकको आगमन गराउने गरी मुक्तिनाथ मन्दिरको दर्शनका लागि आउने पर्यटकलाई पुर्‍याउन संकेत चिन्ह, आसपासका क्षेत्रमा तालको महत्वका बारेमा होर्डिङ बोर्ड राख्न आवश्यक रहेको वडा अध्यक्ष गुरूङले बताउनुभयो । यो ताल ५० मिटर लम्बाई, ३० मिटर चौडाइमा फैलिएको छ । पछिल्लो समय हिमपात नहुदाँ तालको सतह घटेपनि बर्खाको समयमा भने पानीको सतह बढ्ने गरेको छ । मुस्ताङका पाँचवटै गाउँपालिका भित्र रहेका तालहरू प्रचारप्रसार र पूर्वाधारको पखाईमा छन् ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...