गौमुखी ऋषिले तपस्या गरेको आकर्षक ‘गाईथुने’

Published on

काठमाडौँ । पवित्र कालीगण्डकी नदीको किनारमा अवस्थित छ गाइथुने । बागलुङको जैमिनी नगरपालिका –८ छिस्ती बेलबगरमा अवस्थित गाईथुनेप्रति मानिसका विभिन्न मान्यता र बुझाइ रहँदैआएको छ। पूर्वीय दर्शनको सबैभन्दा ठूलो ग्रन्थ बराह पुराणमा उल्लेख भएअनुसार यस ठाउँमा गौमुखी नाम गरेको ऋषिले तपस्या गरेका थिए । जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्माले उहाँको तपस्याबाट प्रसन्न भई भगवान विष्णु गाईको स्वरुपमा प्रकट भएको र गाइको थुनबाट अमृत प्रदान गरी पाख्त ९तपस्या पूरा गरेको० भएको मान्यता रहेको बताउनुभयो । यस ठाउँसँग अर्का दुई किम्बदन्ती पनि छन् ।

पौराणिक कथामा उल्लेख भएअनुसार यो त्रिवेणी क्षेत्र अन्तर्गत पर्ने एक महत्वपूर्ण स्थान मानिन्छ । यससँग जोडिएको किम्बदन्तिमा भगवान श्रीकृष्णले पालेको कामधेनु गाई त्यहाँबाट प्रकट भई दुध आइरहने भएकले गाईथुने रहन गएको मान्यता छ । हाल यहाँबाट दुध नचुहिए पनि गाइको थुनको आकारबाट अटुटरुपमा पानी बग्दैआएको छ । अर्कोथरी बुझाईमा गाईपालक भगवान कृष्णले पालेका गाई बगाएर ल्याएपछि त्यस ठाउँलाई गाइले नै नदी थुनिदिएको र नदी नै बाङ्गिएको मान्यता रहँदैआएको छ । त्यस स्थानमा कालीगण्डकी नदीको अवस्थितिलाई हेर्दा नदी केही भागमा नागबेली परेको स्थानीप्यको भनाइ छ। यी मान्यतालाई पुष्टि गर्न र यस ठाउँलाई थप आकर्षित गर्न मद्दत गरेको बताइएको छ ।

गलेश्वरधाम, जैमिनीधाम, गाइथुनेलगायतका यी स्थानहरु धार्मिक हिसाबले अत्यन्त पवित्र स्थानहरुमा पर्दछन् । यस क्षेत्रमा भगवान विष्णुको रुपमा पुजिने शालिग्राम पनि पाइने स्थानीयको बुझाइ छ । उत्तर–दक्षिण जोड्ने कालिगण्डकी करिडोरसँगै जोडिएको यस क्षेत्रमा बागलुङ सदरमुकामदेखि ३३ किलोमिटर दूरी रहेको छ । यहाँ सवारीमार्फत पुग्न करिब सवा एक घण्टा लाग्छ । यसक्षेत्र हुँदै लामो, छोटो दूरीका सवारी साधनहरु २४ घण्टा गुड्ने गर्नेगरेको छ । समुन्द्री सतहदेखि करिब ५५० मिटर उचाईमा रहेको यस ठाउँ हेर्न आन्तरिक पर्यटकहरु पुग्नेगरेको बताइन्छ । यस ठाउँमा पदमार्गसहित केही संरचनाहरु निर्माण गरिएका छन् । गाईथुने एक महत्वपूर्ण धार्मिक स्थानको रुपमा परिचय बनाएको छ । पछिल्लो समय गण्डकी प्रदेश र जैमिनी नगरपालिकाले निरन्तर रुपमा विभिन्न संरचना निर्माण गर्दैआएको पदाधिकारीको भनाइ छ । यहाँसम्म पुग्न पैदल मार्गदेखि यस क्षेत्रको सुरक्षाका लागि तारबार गरिएको छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...