ढल प्रशोधन कार्य प्रारम्भ

Published on

काठमाडौँ । विराटनगर महानगरपालिकामा चार हजार घरबाट निस्केको ढल ट्रिटमेन्ट प्लान्टसम्म पुर्‍याएर प्रशोधन हुन थालेको छ । विराटनगर–१४ स्थित फोहोर पानी तथा ढल प्रशोधन केन्द्रमा नगरका चार हजार घरको शौचालयसहित फोहोर पानी प्रशोधन हुन थालेको हो । ढल प्रणालीमा विराटनगर महानगरपालिका अन्तर्गतका वडा नं. ६, ७, ८, ९, १०, ११ र १४ का घर जोडिएका छन् । ढल प्रणालीको सेवा क्षेत्रभित्र पर्ने तर यसमा जोडिन प्राविधिक समस्या हुने घरको ढल सक्सन मेसिनमार्फत तानेर त्यहाँ पुग्ने गरेको विराटनगर महानगरपालिका सहरी पूर्वाधार महाशाखा प्रमुख अर्जुन थापाले जानकारी दिनुभयो । विराटनगर सहर एकीकृत वातावरणीय सुधार परियोजना अन्तर्गत तीन अर्ब १३ करोडमा ३६ किलोमिटर नाला, ६३ किलोमिटर ढल र ४१ किलोमिटर सडकसहित ढल तथा फोहोर पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न गरी २०७७ सालमा महानगरपालिकामा हस्तान्तरण भएको थियो ।

६३ किलोमिटरमा निर्माण भएको ढल प्रणाली भने हस्तान्तरण भएको लामो समयसम्म पनि सञ्चालनमा आउन सकेको थिएन । पछिल्लो दुई वर्षमा ढल प्रणाली निर्माण भएको क्षेत्रका बासिन्दासँग एकीकृत सम्पत्ति करसँगै ढल प्रणालीको शुल्क लिइँदै आएको छ । त्योसँगै ढल प्रणालीको सेवा प्रयोग गर्नेको सङ्ख्यासमेत ९५ प्रतिशतको हाराहारी पुगेको हो । विराटनगर महानगरपालिका–१४ स्थित जतुवामा १३ बिघा क्षेत्रफलमा फोहोर पानी तथा ढल प्रशोधन केन्द्र निर्माण गरिएको छ । यसमा ६३ किलोमिटर क्षेत्रभित्रका घरका शौचालयको ढल जोडिएको छ ।

कार्यालयका ल्याब अफिसर श्रवण साहका अनुसार ट्रिटमेन्ट प्लान्टमा पुगेको ढल छ तहमा प्रशोधन हुन्छ । त्यसपछि यसबाट निस्कने पानी सिङ्घियाखोलामा आउटलेट हुन्छ । साहका अनुसार घरका शौचालयबाट सडकको इन्लेटमा, इन्लेटबाट मेन होल हुँदै भूमिगत पाइपलाइन हुँदै ट्रिटमेन्ट प्लान्टको इन्क्लोजर च्याम्बरमा पुग्छ । त्यसपछि वार स्व्रिmनिङ प्रविधिबाट बोतल, प्लास्टिक, प्याड, कपाल जस्ता फोहोर छुट्याइन्छ । त्यसपछि सम्पवेलमा पानी जान्छ । समोर्सेबल मोटरद्वारा तेल र बोसो छुट्याउने गरिन्छ । त्यसपछि ग्रिट च्याम्बरमा प्रवेश गरेको पानीबाट बालुवा तथा गह्रौँ कण जमाएर अलग गरिन्छ । त्यसपछि ड्याम ट्याङ्कीमा पानी पुगेर तीन वटा पोखरीमा वितरण हुन्छ । पहिलो एनारोबिक पोखरीमा पुगेको पानी प्राकृतिक वातावरणमा राखिन्छ । जहाँ सूक्ष्म जीवाणुले जैविक फोहोरलाई विघटन गरिसकेपछि पानी पुनः तीन वटा प्याकल्टेटिभ पोखरीमा पुग्छ । यसमा जैविक शुद्धीकरण गरेपछि ल्याब परीक्षणपछि सिङ्घियाखोलामा पठाइन्छ तर पछिल्लो दुई वर्षयता ढलबाट पुग्ने फोहोर पानी अन्तिम पोखरीसम्म पुगेको छैन ।

फोहोर पानी तथा ढल प्रशोधन केन्द्रका सुपरभाइजर पुरुषोत्तम लामिछानेका अनुसार महानगरपालिकाको आर्थिक ऐन, २०८१ मा उल्लेख गरे अनुसार सेवाग्राहीले शुल्क बुझाउनुपर्ने हुन्छ । यसमा प्राकृतिक व्यक्तिको घर, संस्थागत तथा गैरसरकारी, होटेल तथा रेन्टुरेन्ट, अस्पताल तथा होस्टल, छात्रावास तथा शैक्षिक संस्थाको शुल्क उल्लेख गरिएको छ । लामिछानेका अनुसार व्यक्तिको घरमा वर्गफिटका आधारमा ५० देखि ३५० रुपियाँसम्म शुल्क तोकिएको छ । यसै गरी संस्थागत तथा गैरसरकारी संस्थाको पाँच सयदेखि दुई हजार पाँच सयसम्म, रेस्टुरेन्ट, होटेल तथा अस्पतालको छ सयदेखि १० हजारसम्म, छात्रावास तथा शैक्षिक संस्थाको एक हजार पाँच सयदेखि १० हजारसम्म रहेको छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...