अस्पताल भवन निर्माण अन्तिम चरणमा

Published on

काठमाडौँ । रौतहटको राजदेवी नगरपालिकामा १५ शय्याको अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । हरेक स्थानीय तहमा अस्पताल हुनुपर्ने सङ्घीय सरकारको नीति अनुसार सो अस्पताल निर्माण गरिएको हो । दुई वर्षमा काम सम्पन्न गर्ने गरी राजदेवी नगरपालिका–५ मा निर्माण सुरु भएको थियो । हाल कम्पाउन्डमा माटो पुर्ने कार्य भइरहेको प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पताल निर्माणको भौतिक प्रगति ९८ प्रतिशत पुगेको छ । सकेसम्म यही महिनाभित्र हस्तान्तरण गरेर जेठ पहिलो साताबाट अस्पताल चलाउने लक्ष्य रहेको प्रमुख प्रशासकीय अधिकृत कायस्थले भन्नुभयो । सङ्घीय सरकार तथा स्थानीय सरकारको लगानीमा निर्माण भइरहेको अस्पतालको लागत भ्याटसहित १९ करोड ७३ लाख ४९० रुपियाँ रहेको छ ।

अस्पताल निर्माणका लागि २०८० असार ७ मा श्री न्यु ड्र्यागन निर्माण सेवा प्रालिसँग निर्माण ठेक्का सम्झौता भएको थियो । अस्पताल निर्माणका लागि सङ्घीय सरकारको १८ करोड ३० लाख उपलब्ध गराउने तथा बाँकी रकम स्थानीय सरकारले बेहोर्ने प्रमुख प्रशासकीय अधिकृत कायस्थले बताउनुभयो । यो अस्पताल सञ्चालनमा आएसँगै राजदेवी नगरपालिकाका जनतालाई स्वास्थ्योपचारमा ठुलो राहत हुने नगरप्रमुख भिखारीप्रसाद यादवले बताउनुभयो । पालिकामा गुणस्तरीय अस्पताल नहुँदा जनता उपचारका लागि प्रादेशिक अस्पताल गौर तथा वीरगन्जलगायातका सहरमा जान बाध्य छन् ।

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...