गुर्जामा सामूहिक तरकारीखेती

Published on

काठमाडौँ । धवलागिरि गाउँपालिका-१ गुर्जाका किसानले सामूहिक तरकारीखेती सुरु गरेका छन् । गाउँपालिकाले सञ्चालन गरेको गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रममार्फत गुर्जाका किसानले जग्गा भाडामा लिएर सामूहिक रूपमा व्यवसायिक तरकारीखेती सुरु गरेका हुन् । करिब चार रोपनी जग्गा भाडा लिएर २१ जनाले बन्दा, खुर्सानी, गोलभेँडालगायत तरकारीखेती सुरु गरेका प्रगति लघुउद्यमी समूहका अध्यक्ष रेशकुमारी छन्त्यालले बताउनुभयो । “गुर्जामा आवश्यक पर्ने ताजा तरकारी आपूर्तिका लागि सामूहिक खेती गरिएको हो”, उहाँले भन्नुभयो, “तरकारी आयात घटाउने, स्थानीयबासी र गुर्जा घुम्न आउने पर्यटकलाई ताजा र अर्गानिक स्वाद पस्किने उद्देश्यले सामूहिक खेती गरेका हौँ ।”

समुन्द्री सतहबाट दुई हजार ७०० मिटर उचाइमा रहेको, सडक यातायातको सुविधा नपुगेको गुर्जा म्याग्दीको दुर्गम र विकट क्षेत्रमा अवस्थित छ । उच्च पहाडी क्षेत्रमा अवस्थित गुर्जामावेष गरेर खुर्सानी आयात हुने गर्दछ । धवलागिरि–१ का वडाध्यक्ष झक छन्त्यालले परिक्षणका लागि गरिएको खुर्सानी खेती सफल भएपछि समूहमार्फत अन्य खेती विस्तार गर्न थालिएको बताउनुभयो । उहाँका अनुसार यसअघि घुम्ती व्यापारीले बोकेर लैजाने खुर्सानीलाई प्रतिकिलो रु चार सयका दरले किन्नुपर्ने अवस्था छ । गुर्जाबासीले बर्खायाममा जङ्गलमा प्रशस्त मात्रामा पाइने च्याउ, ढकायोको टुसालाई तरकारीका रूपमा उपभोग गर्नुका साथै आफन्तलाई कोसेली पठाउने र बिक्रीसमेत गर्छन् । हिउँद याममा भने तरकारीको अभाव हुने भएकाले खेती गर्न थालिएको वडाध्यक्ष छन्त्यालले उल्लेख गर्नुभयो । स्थानीय जातको मुलालाई धजरा, गुन्द्रुक, च्याउको सुकुटी बनाएर हिउँदमा तरकारीको रूपमा प्रयोग गर्छन् ।

सामूहिक रूपमा तरकारीखेतीसम्बन्धी आधुनिक प्रविधी र सीप सिकाउने काम भइरहेको धवलागिरि गाउँपालिकाका कृषि प्राविधिक अमृत थापाले बताउनुभयो । तीन वटा प्लास्टिक टनेल बनाएर टमाटरखेती र तरकारीको बिरुवा उत्पादन गरिएको उहाँले जानकारी दिनुभयो । किसानलाई तरकारीखेतीसम्बन्धी तालिमका साथै बीउ र टलेल खरिदमा गाउँपालिकाले सहयोग गरिरहेको प्राविधिक थापाले बताउनुभयो । यहाँ दलित र अल्पसङ्ख्यक छन्त्याल समुदायका दुई सय ५० परिवारको बसोबास छ । छन्त्याल संकृतिमा रमाउन र प्राकृतिक सौन्दर्यमा रमाउन गुर्जामा आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्छन् । रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...