राष्ट्रिय हक्कीमा आर्मीको दोहोरो जित

Published on

काठमाडौँ । विभागीय टोली त्रिभुव आर्मी क्लबले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको पहिलो दिन दोहोरो जित निकालेको छ । नेपाल हक्की सङ्घको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा बुधबारदेखि सुरु भएको प्रतियोगितामा आर्मीको पुरुष र महिला दुवै टोलीले विजयी सुरुवात गरेको हो । पुरुषततर्फ समूह ‘ए’ मा रहेको आर्मीले गण्डकी प्रदेशमाथि ३–० गोलको जित निकाल्यो । आर्मीको जितमा प्रदीप राजवंशी, काशिराज राई र देव सिंह धामीले गोल गर्नुभयो । आर्मीको जितमा रोशन चौधरी प्लेअर अफ दी म्याच हुनुभयो। लिगकम नकआउटका आधारमा भएको यस समूहमा आर्मी र गण्डकीसँगै मधेश र कोशी प्रदेश छन् । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, एपिएफ र बागमती छन् । एपिएफ हक्कीमा नयाँ टिम हो ।

समूह ‘बी’ पुलिसले पनि कर्णाली प्रदेशलाई ९–० गोलले हरायो । पुलिसको जितमा आयुस शाह र सुरेशप्रसाद जोशीले दुई तथा शंकर घर्तिमगर, नवराज खत्री, सुरज बोहोरा, काशिराम खत्री र अमित ओझाले समान एक गोल गर्नुभयो । दुई गोल गर्न सफलआयुस प्लेअर अफ दी म्याच बन्नुभयो । महिलामा नेपाल आर्मी, गण्डकी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेश मात्र सहभागी छन् । महिलामाराउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा हुँदैछ । राउन्ड रोबिन लिगपछि शीर्ष दुई स्थानमा रहने टिमबिच उपाधि भिडन्त हुनेछ । आर्मीले पहिलो खेलमा मधेश प्रदेशमाथि ७–० गोलको रबाफिलो जित निकालेको छ । दुई खेलाडी सीमा खड्का र कमला चन्दले ह्याट्रिक पूरा गरेपछि आमीले सहज जित निकालेको हो ।

निलिमा पाण्डेको नाममा एक गोल रह्यो । पुलिसकी कमला चन्द प्लेअर अफ दी म्याच घोषित हुनुभयो । यसअघि प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुब आचार्यले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा राखेप बोर्डकी कार्यकारी सदस्य तथा सङ्घकी महासचिव सुवर्ण श्रेष्ठ, बोर्ड सदस्यद्वय अञ्जन धमला र जगतसिंह धामीलगायतको उपस्थिति रहेको थियो । सङ्घको वार्षिक कार्यक्रमअनुसार सुरु राष्ट्रिय पुरुष हक्की वैशाख २६ गतेसम्म तथा राष्ट्रिय महिला हक्की प्रतियोगिता वैशाख २६ गतेसम्म हुनेछ । पुरुष तथा महिला दुवै प्रतियोगितामा शीर्ष तीन स्थानमा रहने टिमले क्रमशस् ७५ हजार, ५० हजार र २५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीलाई जनही पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...