रामजानकी मन्दिर निर्माणको काम सुरु

Published on

काठमाडौँ । लहान नगरपालिका –१७ हरिपुर एकरतियामा स्थानीयहरुले सामाजमा शान्ति ल्याउन रामजानकी मन्दिर निर्माणको काम सुरु गरेका छन् । मन्दिरको शिलान्याश गर्दै लहान नगरप्रमुख महेशप्रसाद चौधरीले सामाजिक एकता र समाजमा शान्ति बनाइ राख्न स्थाीयहरुले गरेको मागअनुसार नौ लाखको लागतमा मन्दिर निर्माणको काम सुरु गरेको बताउनुभयो । ‘भौतिक र अध्यात्मिक विकाससँगै सामाजिक जागरणका लागि समेत सबै समुदायले आपसी एकता कायम राख्न यो मन्दिर निर्माण गर्न लागेका छौंं । यस वडामा लहान नगरपालिकाले शिक्षा स्वास्थ्य खानेपानी सडक निर्माण कार्यलाई गति दिएकोछ’ उहाँले भन्नुभयो ।

गाउँको पुरुषहरु वैदेशिक रोजगारमा गएकोले गाउँको विकास, सामाजिक कार्य र आय आर्जनका कामहरु गर्न समेत महिला समूहहरु सक्रिय भइरहेको स्थानीय अगुवा अनिता चौधरीले सुनाउनुभयो । मन्दिर निर्माण भएपछि गाउँको स्वच्छता अभियानलाई अघि बढाउन सामाजिक कार्यहरु गर्न सामुहिक निर्णयहरु गर्न समेत मन्दिर परिसरमा बसेर निर्णय गर्न मन्दिर निर्माण गर्न लागेको उहाँले प्रष्टयाउनुभयो । हरिपुर एकरतियाका महिलालाई आत्मनिर्भर बनाउन अगरवत्ति मैनबति लहठी चुरा र गुन्द्रुक बनाउने सीपका लागि समेत तालिम सञ्चालन गर्ने सोचमा रहेको स्थानीय महिलाहरु मन्दिर शिलान्यास स्थलमा नगरप्रमुख महेशप्रसाद चौधरीको ध्यानआकर्षण गराउँदै आवश्यक तालिम र बीउ पुँजीको लागि लहान नगरपालिकाले सहयोग गर्नुपर्ने माग गर्नुभयो । राम मन्दिर निर्माणलगतै स्थानीय महिलाले सामाजिक स्वच्छता कार्यक्रम अन्तर्गत सडक सरसफाई, सामुदायिक विद्यालयको सुधार र सामुदायिक वनको संरक्षण लगायको कार्यक्रम गर्ने स्थानीय महिलाले विश्वास व्यक्त गर्नुभयो ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...