रामजानकी मन्दिर निर्माणको काम सुरु

Published on

काठमाडौँ । लहान नगरपालिका –१७ हरिपुर एकरतियामा स्थानीयहरुले सामाजमा शान्ति ल्याउन रामजानकी मन्दिर निर्माणको काम सुरु गरेका छन् । मन्दिरको शिलान्याश गर्दै लहान नगरप्रमुख महेशप्रसाद चौधरीले सामाजिक एकता र समाजमा शान्ति बनाइ राख्न स्थाीयहरुले गरेको मागअनुसार नौ लाखको लागतमा मन्दिर निर्माणको काम सुरु गरेको बताउनुभयो । ‘भौतिक र अध्यात्मिक विकाससँगै सामाजिक जागरणका लागि समेत सबै समुदायले आपसी एकता कायम राख्न यो मन्दिर निर्माण गर्न लागेका छौंं । यस वडामा लहान नगरपालिकाले शिक्षा स्वास्थ्य खानेपानी सडक निर्माण कार्यलाई गति दिएकोछ’ उहाँले भन्नुभयो ।

गाउँको पुरुषहरु वैदेशिक रोजगारमा गएकोले गाउँको विकास, सामाजिक कार्य र आय आर्जनका कामहरु गर्न समेत महिला समूहहरु सक्रिय भइरहेको स्थानीय अगुवा अनिता चौधरीले सुनाउनुभयो । मन्दिर निर्माण भएपछि गाउँको स्वच्छता अभियानलाई अघि बढाउन सामाजिक कार्यहरु गर्न सामुहिक निर्णयहरु गर्न समेत मन्दिर परिसरमा बसेर निर्णय गर्न मन्दिर निर्माण गर्न लागेको उहाँले प्रष्टयाउनुभयो । हरिपुर एकरतियाका महिलालाई आत्मनिर्भर बनाउन अगरवत्ति मैनबति लहठी चुरा र गुन्द्रुक बनाउने सीपका लागि समेत तालिम सञ्चालन गर्ने सोचमा रहेको स्थानीय महिलाहरु मन्दिर शिलान्यास स्थलमा नगरप्रमुख महेशप्रसाद चौधरीको ध्यानआकर्षण गराउँदै आवश्यक तालिम र बीउ पुँजीको लागि लहान नगरपालिकाले सहयोग गर्नुपर्ने माग गर्नुभयो । राम मन्दिर निर्माणलगतै स्थानीय महिलाले सामाजिक स्वच्छता कार्यक्रम अन्तर्गत सडक सरसफाई, सामुदायिक विद्यालयको सुधार र सामुदायिक वनको संरक्षण लगायको कार्यक्रम गर्ने स्थानीय महिलाले विश्वास व्यक्त गर्नुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...